कर्णाली समृद्धिको अभियान थाल्दैछौँ : मुख्यमन्त्री शर्मा « Khabarhub

कर्णाली समृद्धिको अभियान थाल्दैछौँ : मुख्यमन्त्री शर्मा


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिको अभियान थालिएको बताएका छन् ।

नागरिक लगानी कोष शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेतको उद्घाटन कार्यक्रममा आज उनले साधन स्रोतले सम्पन्न कर्णालीको विकास र उन्नतिका लागि समृद्धिको अभियान थाल्ने नीति तथा कार्यक्रम ल्याइएको बताए । “कर्णालीमा गरिबी छ,” उनले भने, “यद्यपि साधन स्रोतको उच्च प्रयोग हुन सके सिङ्गो राष्ट्रलाई पाल्ने क्षमता राख्छ ।”

‘शिक्षा, स्वास्थ्य र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारालाई मूल आधार बनाएको प्रदेश सरकारले कृषि र वन पैदावरमा आधारित उद्योग स्थापना गर्ने बताउँदै उनले प्रतिवर्ष यहाँका १० हजार बेरोजगार युवालाई रोजगार दिएर स्वरोजगार बनाउने नीति लिइएको बताए । यसले प्रदेश सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच पूरा गर्ने उनले दाबी गरे ।

कर्णालीमा वित्तीय संस्थाहरु नागरिक केन्द्रित हुन नसकेको उनको भनाइ छ । नागरिकको सेवामा केन्द्रिन हुन नागरिक लगानी कोषलाई आग्रह गर्दै मुख्यमन्त्री शर्माले कर्णाली सरकार कोषको साथमा रहने विश्वास दिलाए ।

नागरिक लगानी कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले नागरिकको सुविधालाई केन्द्रमा राखेर सेवा विस्तार गरिएको बताए। कोषको शाखा कार्यालय सुर्खेत स्थापनाले नागरिकको पहुँच वृद्धि हुने र यसले कर्णालीको आर्थिक विकासमा सहयोग पुग्ने अध्यक्ष थापाको भनाइ थियो ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ९ : ३० बजे

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका

‘होल्डिङ सेन्टरमा बालकबालिकाका लागि सरकारको पहल सकारात्मक’

काठमाडौं– विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका

भारतमा जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक

नयाँदिल्ली– भारतले जुन २२ र २३ मा ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय

पाकिस्तानमा दुई विस्फोट, सात जनाको मृत्यु

पेशावर- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा शनिबार भएका दुई

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर