पर्यटक डाक्दै सकियो ‘हनी हन्टिङ’ « Khabarhub

पर्यटक डाक्दै सकियो ‘हनी हन्टिङ’


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

पोखरा – कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको भीरमौरीको मह काढ्ने (हनी हन्टिङ) कार्यक्रम आगामी वर्षका लागि पर्यटकीय डाक्दै सकिएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको सहयोग र सिदिङ युनाइटेड क्लबको संयोजनमा आइतबार र सोमबार दुई दिन ‘हनी हन्टिङ’ भएको थियो । माछापुच्छ्रे–९ स्थित मर्दी खोलाको किनार कोप्रे भीरमा ‘हनी हन्टिङ’ चलेको हो । पर्यटन प्रवर्द्धनका लागि वडा कार्यालयको सहयोगमा मह काढिएको कार्यक्रम संयोजक अमृत तामाङले बताए ।

अघिल्ला वर्ष अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को अनुमतिमा मात्रै निकाल्ने भए पनि यही वर्षदेखि वडा कार्यालयले अगुवाइ गरेको हो । गाउँपालिकाले अगुवाइ लिएपछिको पहिलो कार्यक्रम भएकाले यो वर्ष पर्यटक नपुगेको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले बताए ।

यो पटकको ‘हनी हन्टिङ’ आगामी वर्षका लागि पर्यटक बोलाउने बाटो भएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । “यसभन्दा अघि गाउँलेहरूले भीर मौरी काढ्ने गर्थे । यो वर्षदेखि वडाले यसमा सहयोग गरेको हो”, वडाध्यक्ष क्षेत्रीले भने, “यो पटक पर्यटकलाई थाहा दिने काम भयो । अर्को वर्षदेखि यसलाई अझ बृहत् बनाउने लक्ष्य छ ।”

मह काढ्ने मुख्य जिम्मेवारी स्थानीयवासी ६६ वर्षीय उमानाथ गौतमले गरेका थिए । गौतमले करिब ३५ वर्षदेखि मह निकाल्ने काम गर्दै आएका छन् । अहिले उनलाई ३६ वर्षीय उनकै छोरा चिमलाल गौतम लगायत पाँच जनाले साथ दिएका थिए ।

एक वर्षमा दुई पटक भीर मौरीको शिकार गर्न सकिने मह शिकारी (भिरौटे) उमानाथ गौतमले जानकारीदिए ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  १० : २२ बजे

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत