सरकारले आधारभूत स्वस्थ्य सेवा जनतामा पुर्याउँछ : स्वास्थ्यमन्त्री बस्नेत « Khabarhub

सरकारले आधारभूत स्वस्थ्य सेवा जनतामा पुर्याउँछ : स्वास्थ्यमन्त्री बस्नेत


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नागरिक स्वस्थ्य सेवाबाट वञ्चित हुनुनपर्ने बताएका छन्। सिन्धुपाल्चोकको चौतारामा आज आयोजित कार्यक्रममा उनले सबै नागरिकलाई सरकारले आधारभूत स्वस्थ्य सेवाको पहुँचमा पुर्याउने बताए ।

मन्त्री बस्नेतले संविधानमा रहेको स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा सबै नागरिकको सहज पहुँच पुग्नुपर्ने बताउँदै सरकार यस्ता क्षेत्रको सुधारमा संवेदनशील भएर लागेको बताए । “विपन्न तथा आर्थिक अवस्था कमजोर भएकालाई अस्पतालले दिनुपर्ने सेवाका बारेमा सरकारले गरेको व्यवस्था कार्यान्वयन कडाइका साथ लागू गर्ने र स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्दै नागरिकले अनुभूति गर्ने गरी सरकारले काम गर्छ”, उनले भने।

जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सबै मिलेर लाग्नुपर्ने बताउँदै उनले स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्दै स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालय साधन स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित जनशक्तिको व्यवस्थापन र परिचालनमा प्राथमिकताका साथ लागिपरेको बताए ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  १० : ३६ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले