‘मर्ज’ हुन चाहने क्याम्पसलाई निवेदन दिन त्रिविको आह्वान « Khabarhub

‘मर्ज’ हुन चाहने क्याम्पसलाई निवेदन दिन त्रिविको आह्वान


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहने क्याम्पसका लागि निवेदन आह्वान गरेको छ ।

विश्वविद्यालयले आज एक सूचना जारी गरी आपसमा गाभिएर समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न भनिएको छ ।

विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयका अनुसार त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सकिने छ । यसरी मर्ज हुँदा कुनै शुल्क नलाग्ने जनाइएको छ ।

जारी सूचनाअनुसार मर्ज हुन चाहेका क्याम्पसहरूले योजना निर्देशनालयमा बेग्लाबेग्लै निवेदन, सम्बन्धन र नवीकरण पत्रहरू, अक्षयकोषको रसिद र मर्ज गर्नुपर्ने औचित्य तथा समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णयका साथ निवेदन पेस गर्नु पर्नेछ ।


प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : ५३ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष