सरकारद्वारा ‘भीसीटीएस’ शुभारम्भ | Khabarhub Khabarhub

सरकारद्वारा ‘भीसीटीएस’ शुभारम्भ


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस)’ को शुभारम्भ गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने मूल उद्देश्यका साथ कानून बमोजिम एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेभमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्रै ओसारपसार गर्नुपर्ने प्रणालीको आजबाट शुभारम्भ गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार एक कार्यक्रमका बीच सो प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकमा हुने अवैध आर्थिक कारोबारलाई अन्त्य गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ सरकारले सो प्रणालीको पनि सुरुवात गर्नु परेको स्पष्ट पारे ।

उनले सो प्रणालीबाट साना व्यवसायीलाई हुने व्यवहारिक कठिनाई हल गरेर जान सरकार प्रतिवद्ध रहेको पनि बताए । राजस्व अनुसन्धान विभागको वेभसाईट मा गएर उद्योगी व्यवसायीहरुले आफ्नो ढुवानी गर्ने वस्तु र साधानको संक्षिप्त विवरण सो प्रणालीमा प्रविष्ट गराउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : ४५ बजे

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम