चिल्ला गाडी चढ्न र काठमाडौंमा घर किन्न होइन, सेवा गर्न राजनीतिमा आएको हुँ : सहमहामन्त्री राठौर | Khabarhub Khabarhub

चिल्ला गाडी चढ्न र काठमाडौंमा घर किन्न होइन, सेवा गर्न राजनीतिमा आएको हुँ : सहमहामन्त्री राठौर


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले चिल्ला गाडीमा चढ्न र काठमाडौंमा घर किन्न राजनीति गरेको नभई जनताको सेवा गर्न राजनीतिमा आएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजना र लुम्बिनी प्रदेश आन्तरिक, कानून तथा सहकारी मन्त्रालयको सहयोगमा बाँकेको नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा राठौरले आफुहरु देश र जनताका लागि राजनीति गर्ने भन्दै देश भगौडाहरुले आफूमाथि विभिन्न आरोप लगाउने गरेको समेत बताए ।

उनले आफ्ना देशका नागरिकलाई अनागरिक बनाउनेहरुले ठूलो कुरा गर्ने गरेको जिकिर गरे । उनले नेता, कर्मचारी जनताको सेवक बन्न सक्यो कि सकेन भन्ने नै महत्वपूर्ण रहेको भन्दै विभिन्न निकायमा बस्ने व्यक्तिहरु जिम्मेवार भए सुशासन आफैँ कायम हुने धारणा राखे ।

राठौरले देशको प्रमुख चुनौति नै भ्रष्टाचार भएकाले त्यसको समाधानका लागि आफ्नो काम कर्तव्यप्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।

संघीय सांसद राठौरले संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै जिम्मेवार बन्नुपर्ने बताए ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ३ : २१ बजे

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

भक्तपुर – आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो