भ्वाइस एण्ड स्पीच कार्यशाला सम्पन्न | Khabarhub Khabarhub

भ्वाइस एण्ड स्पीच कार्यशाला सम्पन्न


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘भ्वाइस एण्ड स्पीच’ कार्यशाला सम्पन्न भएको छ । थापागाउँ लेखन कुञ्जस्थित आरोहण गुरुकुलमा सञ्चालित कार्यशाला सोमबार सम्पन्न भएको हो । जेठ २६ गतेदेखि सञ्चालित कार्यशालामा नाट्य निर्देशक अनुप बरालले प्रशिक्षण दिएका थिए । उनको सहायक प्रशिक्षकमा देव न्यौपाने थिए ।

प्रशिक्षक बरालले कलाकारमा सधैँ तटस्थ हुने र आफूलाई स्विकार्ने गुण हुनुपर्ने बताए । ‘तपाईंहरू सर्वप्रथम आफूलाई स्वीकार्नुस् । अग्लो, होचो, कालो, गोरो, दुब्लो, मोटो जस्तो हुनुहुन्छ, त्यो सबै तपाईं हो, यो कुरालाई स्विकार्नुस् । र, अन्य बाह्य वातावरणप्रति तटस्थ रहनुहोस्’, उनले भने ।

प्रतिष्ठानकी कुलपति निशा शर्माले प्रशिक्षार्थीहरूलाई निरन्तर साधनामा लाग्न सुझाव दिइन् । ‘अभिनय भनेको धेरै ठुलो कुरो होइन, तर तपाईंले महसुस र मनन गरेर पात्रको ठाउँमा आफूलाई राखेर आफूलाई विश्वास दिलाउन सक्नुपर्छ’, उनले भनिन् ।

कार्यशालामा करिब ४३ जना प्रशिक्षार्थीहरूलाई आवाज तथा भाषण कला (भ्वाइस एण्ड स्पीच) का बारेमा प्रशिक्षित गराइएको हो । सहभागी प्रशिक्षार्थीहरूले कार्यशालाबाट कलामा तटस्थताको महत्व, आफू तथा वातावरणको स्वीकार्यता, भाषण र प्रस्तुति कला, आवाजको अभ्यासलगायत थुप्रै ज्ञानहरू हासिल गरेको बताएका छन् ।

नेपाल नाट्य तथा संगीत प्रतिष्ठानले कलाका विभिन्न विधामा रूचि राख्नेहरूका लागि विभिन्न तालिम दिने उदेश्यले वार्षिक क्यालेन्डर बनाएरै यस्ता विभिन्न कार्यक्रमहरू गरिरहेको छ । यसअघि आफूले विभिन्न जिल्लामा गरेका प्रशिक्षण अनुभवका आधारमा काठमाडौँमा यो कार्यक्रमको आयोजन गरिएको कुलपति शर्माले बताइन् । यसै वर्ष कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भेगमा नाटक प्रशिक्षणलाई निरन्तरता दिनेसमेत उनले जानकारी दिइन् ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ३ : २४ बजे

भगवानमाथि प्रश्न ! स्वर्गद्वारीदेखि पाथीभरासम्म

काठमाडौं– पीडितका लागि न्याय माग्ने ‘राम शाहको चौतारो’ जस्तै बन्न

पाथीभरा केबलकार विवादः वार्ता सकारात्मक

काठमाडौं – ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका

म्याग्देमा गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने

तनहुँ – म्याग्दे गाउँपालिकाले गण्डकी प्रदेशको पालिका स्तरीय नकआउट फुटबल

इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए

बागलुङ – बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला

जुम्लामा आगलागी हुँदा दुई घर नष्ट

जुम्ला – चन्दननाथ नगरपालिका– ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा