खेर गएन मेयर हर्क साम्पाङको परिश्रम, धरानमा आइछाड्यो कोकाहाको पानी « Khabarhub

खेर गएन मेयर हर्क साम्पाङको परिश्रम, धरानमा आइछाड्यो कोकाहाको पानी


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

धरान- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोकाहा खोलाको पानी ल्याउन सञ्चालन गरेको श्रम अभियान सफल भएको छ । मेयरले तीन महिनाअघि कोकाहाबाट धरानमा पानी ल्याउने अभियान सञ्चालन गरेका थिए ।

धरानबाट ४० किलोमिटर टाढा रहेको कोकाहाबाट जंगल, भीरपाखामा पाइप विछ्याउँदै पानी ल्याउन श्रमदातासँगै मेयर साम्पाङको श्रम अभियानमा खट्दै आएका थिए ।

यसअघि पछिल्ला तीन दिनयता उनी कोकाहाको पानी नल्याएसम्म धरान नआउने दृढताका साथ श्रम अभियानमा खट्दै आएका थिए । त्यसयता उनले रात दिन श्रमदानस्थलमै बिताउँदै आएका थिए ।

सोमबार मध्यरात १२ बजे कोकाहाको पानी पकुवा खोला किनारमा आइपुगेको हो । यससँगै त्यहाँ उपस्थित श्रमदाताहरु उत्साहित भएका थिए । पकुवा किनारमा कोकाहाको पानी आएसँगै श्रमदाताहरुले पानी छ्यापाछ्याप र नुहाईधुवाई गरेका थिए । त्यहाँ उत्सवको माहोल बनेको थियो ।

कोकाहाको पानी आएको केही समयपछि मेयर साम्पाङ पनि पकुवामा आए । उनी निकै भावुक देखिन्थे । उनले कोकाहाको पानी धरान ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । मेयर साम्पाङको श्रम अभियानबाट कोकाहाको पानी आएसँगै अब धरानमा पानीको अभाव नहुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ४ : १७ बजे

जुम्लाका ५२ वटा मतदानस्थल अति संवेदनशील

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

नरैनापुरमा डेढ सय वर्ष पुरानो धार्मिक मेला

राँझा– बाँकेको नरैनापुरमा करिव १५१ वर्षदेखि लाग्दै आएको प्रसिद्ध धार्मिक मेला

साना तथा मझौला उद्यम विकासका लागि नौ करोड ५० लाख अमेरिकी डलर स्वीकृत

काठमाडौं– विश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

कञ्चनपुर– छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान

पोखरा– पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री