आफै डोजर लिएर अतिक्रमित संरचना भत्काउन पुगे मेयर द्वारिकालाल चौधरी « Khabarhub

आफै डोजर लिएर अतिक्रमित संरचना भत्काउन पुगे मेयर द्वारिकालाल चौधरी


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सडक तथा खोला अतिक्रमण गरी बनाइएका ईटहरीका घरहरु भत्काउन उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी आफै सडकमा उत्रिएका छन् ।

उनी बुधबार बिहानैदेखि डोजर लिएर अतिक्रमण गरी बनाइएका घरको मुख्यगेट तथा पर्खालहरु भत्काउन निस्किएका हुन् । डोजरसहित नगर प्रहरी लिएर हिँडेका चौधरीले इटहरी–१७ को स्यार्सेकाली पम्प आसपासमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काए ।

मेयर चौधरीले सडक अतिक्रमण गरेर बनाइएका आधा दर्जन संरचनामा डोजर चलाएपछि खोला अतिक्रमण गरेर बनाएको संरचना भत्काउन सुरु गरेका थिए ।

पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले नगर प्रहरी र डोजर लिएर आफैँ उत्रिनुपरेको नगरप्रमुख चौधरीले बताएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : १४ बजे

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका