इजरायलद्वारा भूमध्य सागर र लाल सागरमा सरसफाई कार्यक्रम सञ्चालन « Khabarhub

इजरायलद्वारा भूमध्य सागर र लाल सागरमा सरसफाई कार्यक्रम सञ्चालन


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- महासागर दिवसका सन्दर्भमा इजरायलको वातावरण संरक्षण मन्त्रालयले ‘स्वच्छ बिच’ कार्यक्रमअन्तर्गत भूमध्य सागर र लाल सागरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ। प्रकृति र पार्क प्राधिकरणको सहयोगमा इजरायल डाइभिङ एसोसिएसनको ‘सी गार्ड’ को नेतृत्वमा डाइभहरू पनि सञ्चालन गरिएको छ ।

गत साता जाफाको गिवात आलिया, हर्जलियाको समुद्री तट र दोर-नाचशोलिमको समुद्री तटमा भएको सरसफाई कार्यक्रममा ५५ जना गोताखोरले भाग लिएका थिए । सो सरसफाइ कार्यक्रममा प्लास्टिक, डिस्पोजेबल खाद्य प्याकेजिङ र पेय पदार्थको क्यानबाट बनेको करिब १२० किलो फोहोर सङ्कलन गरिएको थियो ।

‘क्लिन कोस्ट प्लान’ इजरायलमा सञ्चालित समुद्री फोहोरको समस्यालाई सम्बोधन गर्ने राष्ट्रिय कार्य योजना हो । यस कार्यक्रमले समुद्री फोहोर र विशेष गरी प्लाष्टिक फोहोरबाट हुने खतराहरू रोक्नुपर्ने आवश्यकताका बारेमा सर्वसाधारणलाई जानकारी गराउँछ ।

सन् २०२३ वातावरण संरक्षण मन्त्रालयको स्वच्छ तटीय कार्यक्रमको १८ औं वर्ष हो । कार्यक्रमको उद्देश्य इजरायलमा तटीय र समुद्री फोहोरको खतरालाई न्यूनीकरण गर्नुका साथै वातावरण र जनताको हितका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार समुद्र तट र समुद्र सफा गर्ने कार्य गर्नु हो ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : २० बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान