अब पान नम्बरविना कर्मचारीले तलब नपाउने « Khabarhub

अब पान नम्बरविना कर्मचारीले तलब नपाउने


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ आर्थिक वर्षसँगै सरकारले निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारीलाई साउन १ देखि लागू हुने गरी स्थायी लेखा नम्बर (पान) अनिवार्य गराएको छ ।

सरकारले चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत एक हजारभन्दा बढीको खर्चका लागि पान अनिवार्य गर्ने नीति ल्याएको थियो । यससँगै अब सरकारी र निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई पानबिना तलब दिन पाइनेछैन ।

कसैले ज्याला वा तलब पानबिना भुक्तानी गरे सरकारले त्यसलाई खर्चका रूपमा स्वीकार नगर्ने भएको हो । नयाँ व्यवस्थाबाट कुनै पनि रोजगारदाताले कर्मचारी तथा कामदारलाई दिएको यथार्थ पारिश्रमिक खर्च थाहा हुने र पारिश्रमिक पाउने व्यक्तिले आयकर छली गर्ने सम्भावना पनि कम हुनेछ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : २१ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको