यूएईसँग नेपाल तीन विकेटले पराजित « Khabarhub

यूएईसँग नेपाल तीन विकेटले पराजित


३० जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल आइसीसी एकदिवसीय विश्वकप छनोटअघिको अभ्यास खेलमा यूएईसँग पराजित भएको छ । जिम्बावेको हरारेमा मंगलबार भएको खेलमा यूएई तीन ३ विकेटले विजयी भएको हो ।

नेपालले दिएको २ सय ७७ रनको लक्ष्य यूएईले ४९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो । युएईको जितमा रोहन मुस्ताफाले ७८ रनको अर्धशतकीय ईनिङ खेले ।

यसअघि पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर ५ बलमा २ सय ७६ रन बनाउँदा अलआउट भयो । नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ब्यक्तिगत ३९ रनको स्कोरमा १९ औं ओभरको दोस्रो बलमा गुमाएको थियो ।

कुशल मल्लले ४६ रन, बनाउँदा आरिफ शेख ३५ रन बनाएका थिए । सोमपाल कामी १५ रन तथा गुल्शन झा र दिपेन्द्र सिंह ऐरीले समान ८र८ रनको योगदान गरे ।

अब नेपालले अन्तिम अभ्यास खेलमा पर्सि बिहीवार ओमानसँग खेल्नेछ । यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ९ : ०४ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु