बरामद भएका ६ हजार बढी थान हातहतियार नष्ट « Khabarhub

बरामद भएका ६ हजार बढी थान हातहतियार नष्ट


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे अवस्थामा फेला परेका छ हजार दुई सय ६८ थान हातहतियार आज कानुनबमोजिम नष्ट गरिएको छ । नष्ट गरिएका हतियारमा भरुवा बन्दुक छ हजार एक सय ८९ थान, विभिन्न प्रकारका पेस्तोल ६४ थान, म्याग्नम १ थान, एयर गन एक थान र नाम नखुलेको १३ थान रहेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक समेतका प्रतिनिधि, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कोष तथा लेखा नियन्त्रण कार्यालय, स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्षलगायतको रोहबरमा काठमाडौँ महानगरपालिका–११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार नष्ट गरिएको हो ।

हातहतियार खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानुनबमोजिम व्यवस्थापन एवं संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी िदए ।

उक्त हातहतियार दीर्घकालीन व्यवस्थापन गर्नका लागि हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ५ बमोजिम गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको २०८० जेठ १७ गतेको पत्र पठाएको थियो ।

सोही पत्रको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ १८ गतेको बैठकमा कानुनी प्रक्रियाअनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ९ : ३६ बजे

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले

शक्तिशाली सरकारको क्याबिनेट : रवि-बालेन भागबन्डा, एकअर्कालाई ‘क्रस चेक’ गर्दै दुवै समूह

काठमाडौं- फागुन २१ को निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको राष्ट्रिय

बाबुको व्यभिचार खेपेकी चेलीको चित्कार– मरेर बाँचिरहेकी छु, अपराधी खुलेआम हिँडिरहेका छन्

काठमाडौं- ‘इनसाइड दि बंकर’ कार्यक्रममार्फत पीडितहरुले एकै आवाजमा बलात्कारीलाई फाँसीको

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष

जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन्