पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता | Khabarhub Khabarhub

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले पुरातात्विक स्थान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिने योजना बनाएको छ । 

नागरिकलाई अत्यावश्यक धेरै स्थानमा पुल बनेकाले अहिले विभागले नदी पार गर्नका लागि मात्रै भन्दा पनि नयाँ प्रविधि र आकर्षक पुल निर्माण सुरु गरेको हो । अब विगतमा बन्ने गरेका सामान्य झोलुङ्गे पुलभन्दा पर्यटनका लागि र पुरातत्वका लागि हेर्दा आकर्षक किसिमको पुल बन्न सक्ने स्थानीय पूर्वाधार विभागका उपमहानिर्देशक असोककुमार साहले जानकारी दिए ।

विभागले केही वर्ष पहिले बाग्लुङ र पर्वत जोड्ने पाँच सय ६७ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरेको थियो । पुलको बीचमा पिलर नहुने (सस्पेन्डेड) पुल बनाइएको उनले बताए। यो किसिमको पुल एसियाको पहिलो भएको उनले बताए। उनले भने, ‘अब हामी पाँच-छ सय मिटरमा बीचमा पिलर नहाली अरु ठाउँमा पनि बनाउँदै जानेछौँ ।’

कञ्चनपुरको दोधारा चाँदनीमा धेरै स्पान हालिएको लामो पुलको निर्माण गरिएको उनले बताए । एउटै पुलजस्तो देखिने गरी बनाइएको पुलले धेरै पर्यटकलाई आकर्षित गरिरहेको छ ।

आगामी वर्ष बाग्लुङलगायतका पहाडी जिल्लाका खोँच रहेका ठाउँमा झोलुङ्गे पुलको निर्माण गरिने उपमहानिर्देशक साहले बताएका छन् ।  खोला हेर्दा सानो भए पनि बीचमा गहिरो खोँच भएको र हिँडेर ओहोरदोहोर गर्न एक घन्टा लाग्ने भएमा त्यस्ता ठाउँमा पुल निर्माणको योजना विभागको छ । उनले भने, ‘दुई डाँडा जोड्ने पाँचरछ सय मिटरको पुलको माग रहेको छ । आगामी वर्षको बजेटबाट निर्माण सुरु हुनेछ ।’

गुल्मी, पाल्पा र स्याङजा जिल्लाको सङगमस्थल रिडीमा तीनमुखे पुल निर्माण भएको छ । तीन जिल्लालाई एउटै पुलले जोड्नेसँगै यहाँको पर्यटक प्रवर्द्धन गर्नु यसको उद्देश्य रहेको उनले बताए । 

सरकारको नागरिक एक घन्टाभन्दा बढी हिँड्न नपर्ने गरी पुल वा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य पूरा हुने क्रममा रहेको छ । नयाँ रणनीतिले आधा घन्टाको अवधि राखेमा सोहीअनुसार नयाँ स्थान छनोट भएर पुल निर्माण हुने उनले बताए ।

झोलुङ्गे पुलको निर्माण तीन तहको समन्वयमा हुँदै आएको छ । स्थानीय तहले एक सय २० मिटर लम्बाइसम्मको, प्रदेशले दुई सय ७० मिटर लम्बाइसम्मको र त्यसभन्दा लामा पुलको निर्माण सङ्घले गर्दै आएका छन् । विभागले लामासँगै आधुनिक प्रविधिका र हेर्दा आकर्षक पुल निर्माणमा ध्यान दिएको छ । 

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ८ : १८ बजे

सामान फिर्ता गर्न राजस्व अनुसन्धान कार्यालय बुटवलको अनुरोध

लुम्बिनी–  ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमा ठूलो

एनसेलले भन्यो- हामी फेरी उठ्ने छौँ

काठमाडौं– गत हप्ताको तोडफोडका घटनाले एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल

धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

जनकपुरधाम– धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन्

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु