कानून विपरीत सञ्चालन गरिएका २ स्वास्थ्य संस्थामा महानगरले लगायो ताला « Khabarhub

कानून विपरीत सञ्चालन गरिएका २ स्वास्थ्य संस्थामा महानगरले लगायो ताला


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाइदिएको छ ।

अनुगमनका क्रममा कानूनी रुपमा सञ्चालन नभएको पाइएपछि तालाबन्दी गरिएको मेयर बालेन शाहले जानकारी दिएका छन् । महानगरपालिकाले यसअघि यही जेठ ६ गते असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको थियो ।

तर, अनुगमनका क्रममा कानून अनुसारको सेवा नदिएको र अस्तव्यस्त रहेको पाइएपछि बन्द गरिएको मेयर शाहले बताएका छन् ।

तालाबन्दी गरिएका दुई संस्थाको थप सघन अनुगमनका लागि महानगरको स्वास्थ्य विभागलाई निर्देशन दिएको उनले बताए ।

मेयर शाहले सबैको पहुँच स्थापित हुने गरी सुधार नभए महानगर क्षेत्रभित्रका प्रदेश र संघ मातहतका अस्पतालमा पनि हस्तक्षेपकारी कानूनी कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ९ : ४२ बजे

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, वरिष्ठ नेता बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक

जुम्लाको सिँजामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

काठमाडौं– नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल