भारी वर्षाको सम्भावना कम, यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान « Khabarhub

भारी वर्षाको सम्भावना कम, यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिणतर्फ सरेको छ । न्यूनचापीय रेखा (वर्षा गराउने वायु) दक्षिण सरेकाले अबका तीन–चार दिन भारी तथा अविरल वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए ।
उनका अनुसार यो अवस्थामा वर्षा नै नहुने भने होइन । सेप्टेम्बरको तेस्रो हप्तासम्म मनसुनको समय भएकाले हल्कादेखि मध्यम वर्षा भइरहने हुन्छ । अबका केही दिन निरन्तर र अति भारी वर्षाको सम्भावना कमै रहेको नगरकोटीले बताए ।

महाशाखाले आगामी तीन दिनको पूर्वानुमान जारी गदै बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही केही हल्कादेखिमध्यम वर्षाको सम्भावना रहेको जनाएको छ

बिहीबार देशैभरी आंशिक बदली रही देशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसैगरी महाशाखाले आगामी २४ घण्टामा देशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । भारी वर्षाका कारणले गर्दा देशको पहाडी भू–भागमा पहिरो जानसक्ने तथा तराईमा बग्ने नदीमा जलको बहाव र स्तर हल्का बढ्नसक्ने सम्भावना रहेको बताइएको छ ।

यसका साथै, हवाई तथा सडक यातायातमासमेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउनसक्ने भएकाले महाशाखाले सतर्कता अपाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : ४५ बजे

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ