किर्ते कागजात पेस गरी नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ « Khabarhub

किर्ते कागजात पेस गरी नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- किर्ते कागजात पेस गरी नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ परेका छन् । किर्ते कागजात पेस गरी नागरिकता बनाउन खोजेको अभियोगमा पाँचथर प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडा घर भएका ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारत आसम निवासी उनका २२ वर्षीय भतिजा सुमित आङदेम्बे छन् ।

गंगाप्रसाद र सुमितले यसअघि पनि पटक पटक नागरिकता बनाउने प्रयास गरेकोमा पछिल्लो पटक जेठ ३० गते जिल्ला प्रशासन कार्यालय पाँचथर आएका बखत उनीहरूले ल्याएका कागजात जाँच गर्दा सुमित भारतीय नागरिक भएको खुलेपछि पक्राउ गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले बताए ।

पक्राउ परेका दुवैलाई प्रहरीले बुधबार पाँचथर अदालतमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया सुरु गरेको छ । अनुसन्धानले गंगाकी श्रीमतीको पहिलो विवाह भारतीयसँग भएको थियो । गंगासँग दोस्रो विवाह गरेर आएपछि गंगाले प्रक्रिया पुर्‍याएर अंगीकृत नागरिकता बनाइदिएका थिए ।

सुमितले भारतबाटै नागरिकता लिनका साथै मतदाताले परिचयपत्र पनि बनाएको प्रमाण भेटिएको प्रशासन स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ६ : ०४ बजे

आज विश्व शरणार्थी दिवस मनाइँदै, शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज विश्व शरणार्थी दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रम

फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार ४५८ सवारीचालकलाई सवारी

२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा