महानगरले निर्णय नसच्याए सडक आन्दोलन गर्ने यातायात व्यवसायीको चेतावनी « Khabarhub

महानगरले निर्णय नसच्याए सडक आन्दोलन गर्ने यातायात व्यवसायीको चेतावनी


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यातायात क्षेत्रका विभिन्न संगठन र व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारी साधनहरु गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न काठमाडौँ महानगरले जारी गरेको निर्देशनको विरोध गरेका छन् ।

यातायात व्यवसायी र विभिन्न संगठनहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरको उक्त निर्णयको विरोध गरेका हुन् । यातायात व्यवसायीहरुले महानगरको उक्त निर्णय अव्यवहारिक भएको भन्दै सच्याउनसमेत माग गरेका छन् ।

यातायात व्यवसायी र विभिन्न संगठनहरुले महानगरको उक्त निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौंमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकहरुको रोजीरोटी खोसिने भन्दै निर्णय पुनरावलोकन गर्न महानगरसँग माग गरेका छन् ।

महानगरले निर्णय नसच्याएको खण्डमा सडक आन्दोलन गर्नेसमेत उनीहरुको चेतावनी छ । महानगरले निर्णयमा पुनरावलोकन गर्नुको विकल्प नरहेको यातायात व्यवसायीहरुको भनाइ छ ।

पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले यातायात क्षेत्र व्यवस्थापनमा कमजोरी रहेपनि अहिले नै यो निर्णय कार्यान्वयनका लागि चुनौति रहेको बताए । उनले महानगरले परिवर्तनको नाममा सुनियोजित रुपमा यातायात व्यवसायी र यात्रुलाई मर्का पर्नेगरी निर्णय गरेको आरोप लगाए ।

त्यसैगरी नेपाल यातायात मजदुर संगठनका केन्द्रीय महासचिव जगन्नाथ गौतमले राज्यको लगानीबाट चल्नुपर्ने यातायात क्षेत्रमा निजी क्षेत्रले लगानी गरेर सरकारलाई सहयोग गर्दापनि यातायात व्यवसायीविरुद्ध महानगरले क्रुर निर्णय लादेको आरोप लगाए ।

काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरु गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन जारी गरेको छ । लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारीसाधनमा यात्रु चढ्न र ओराल्न नयाँ बसपार्कमै पु¥याउनुपर्ने महानगरको निर्देशन छ । महानगरले विभिन्न ठाउँमा छरिएर रहेका टिकट बुकिङ काउन्टरसमेत बसपार्कभित्र नै लैजान भनेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ६ : ३४ बजे

रास्वपाको प्रस्टीकरण- तत्काल गर्नुपर्ने काम सहज बनाउन अध्यादेश ल्याएको हो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले छिटो छरितो रुपमा तत्काल गर्नुपर्ने कामलाई

वन्यजन्तु प्रभावित क्षेत्रमा सेन्सरयुक्त सौर्यबत्ती जडान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले वन्यजन्तुबाट प्रभावित बस्तीमा स्वचालित (सेन्सरयुक्त) सौर्यबत्ती जडान

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको

आईसीसी विश्वकप लिग–२ : ओमानसँग नेपाल १०२ रनले पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित

इजरायली राजदूत र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज