पुरुष बास्केटबल : नेपाल भूटानसँग पराजित « Khabarhub

पुरुष बास्केटबल : नेपाल भूटानसँग पराजित


३१ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माल्दिभ्समा आजदेखि सुरु भएको फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा नेपाल भूटानसँग पराजित भएको छ ।

माल्दिभ्सको मालेमा आज भएको पहिलो खेलमा भूटानले नेपाललाई ६१–५५ ले पराजित गर्दै विजयी भएको हो । नेपालले बास्केटबलमा सन् २०१९ मा काठमाडौँमा भएको १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो ।

नेपालमाथि भूटानले पहिलो क्वार्टरमा २१–१३ को अग्रता बनाएको थियो । सुरुमै ८ अङ्कले पछि परेको नेपालले त्यसपछिको दोस्रो क्वार्टरमामा पुनरागमन गर्ने प्रयास ग¥यो । नेपालले दोस्रो क्वाटर १६–१५ र तेस्रो क्वार्टरमा १३–१२ को अग्रता बनाउएको थियो । तर चौथो तथा निर्णायक क्वार्टरमा नेपाल र भूटानले समान १३ अङ्क जोडेपछि नेपाल ६१–५५ ले पराजित भयो ।

नेपालले आफ्नो दोस्रो खेल भोलि पाकिस्तानसँग खेल्नेछ । यस्तै नेपालले लिगको आफ्नो अन्तिम खेल आउँदो आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ । यसमा आयोजक माल्दिभ्ससहित नेपाल, बङ्गलादेश, भूटान र पाकिस्तान छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  १० : ३४ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले