काठमाडौं महानगरले बन्द गरायो हिसान शैक्षिक मेला « Khabarhub

काठमाडौं महानगरले बन्द गरायो हिसान शैक्षिक मेला


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काठमाडौंको भुकुटीमण्डपमा सुरु भएको हिसान शैक्षिक मेला बन्द गराएको छ ।

आवश्यक प्रक्रिया पुरा नगरी शैक्षिक मेला सुरु गरेको भन्दै महानगरले एक दिनका लागि मेला बन्द गराएको हो । महानगरले स्थानीय तहसँग आवश्यक समन्वय नगरेको, एसईईको नजिता प्रकाशित नहुँदै विद्यार्थी भर्ना प्रक्रिया अघि बढाएकाले मेला बन्द गराउनुपरेको जनाएको छ ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहका सचिवालयका सदस्य सस्मित पोखरेलले महानगरले कलेजका बारेमा जानकारी दिन पाउने भएपनि विद्यार्थीहरुको नाम संकलन गर्ने, विद्यार्थीहरु भर्ना गर्ने, विवरण लिने काम नगर्न भनेपनि त्यस विपरितको कार्य भएको पाइएकाले मेला बन्द गरिएको जानकारी दिए ।

मेलाको बारेमा महानगरमा विस्तृत रुपमा जानकारी आएको खण्डमा र प्रक्रिया पु¥याएर अघि बढे शुक्रबारबाट मेला आयोजना गर्न सहमति दिइने महानगरले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ४ : ४६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु