ओमानले नेपाललाई दियो २६८ रनको लक्ष्य « Khabarhub

ओमानले नेपाललाई दियो २६८ रनको लक्ष्य


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा ओमानले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ । जिम्बाब्वेको हरारे स्पोट्र्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ ओभर २ बलमा सबै विकेट गुमाउदै २६७ रनको योगफल बनायो ।

ओमानका लागि कप्तान जिशान मकसुदले सर्वाधिक १०९ रनको योगदान दिए भने सोयब खानले ६८ बलमा ३८ रन जोडे । साथै आयान खानले ४६ बलमा ५६ रन, सन्दीप गोडले ३१ बलमा १५ रन र नसिम खुशीले ९ बलमा १७ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी एक्लैले पाँच विकेट लिए । साथै सन्दीप लामिछानेले तीन, करण केसी र प्रतिश जिसीले १/१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

विश्वकप छनोट अन्तर्गतको नेपालले पहिलो खेल आगामी असार ३ गते घरेलु टोली जिम्बाब्वेसँग खेल्नेछ ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ५ : ०३ बजे

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा