आजबाट नयाँ बसपार्कबाट मात्रै सवारी साधान छुटने | Khabarhub Khabarhub

आजबाट नयाँ बसपार्कबाट मात्रै सवारी साधान छुटने


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन् । 

काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधन नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुट्नु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशन दिएअनुसार आजबाट लागू हुन लागेको हो ।

‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गते देखी नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन सञ्चालन गर्न सूचित गरिन्छ, महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दरीका सवारी साधनको हकमा कलंकी देखी जडिबुटीसम्म सवारी साधन रोक्न निषेध गरिएको छ ।’

महानगरद्वारा जारी सूचना अनुसार सो निर्देशन अनुसार बसपार्कबाट मात्रै सवारी नछुटाएमा कारबाहीसमेत गर्ने जनाएको छ ।

‘सुचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गते देखी ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ५५ बजे

तमोर नदीमा बगेर एकजना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

कैलाली– आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन्

सर्वाधिक व्यापार गर्ने २५ सूचीमा अटेनन् अनमोलका फिल्म, प्रदीपका दुईवटा परे

काठमाडौं – चलचित्र विकास बोर्डले २५ औं वार्षिक उत्सवमा सबैभन्दा

सबैभन्दा बढी व्यापार गर्ने २५ फिल्ममा ‘छक्का पञ्जा’का सबै सिरिज परे

काठमाडौं – चलचित्र विकास बोर्डले अहिलेसम्म २५ औं वार्षिक उत्सवको

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान- जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य गरौँ

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न