अब कुवेतबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने « Khabarhub

अब कुवेतबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

दोहा– अब कुवेतबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने भएको छ । वैदेशिक रोजगारीका सिलसिलामा गन्तव्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम नेपाली दूतावासबाट श्रम स्वीकृति प्रदान गरिने भएको हो ।

पुनः श्रम स्वीकृत लागि आवेदन गर्दा अनलाइन फारम भर्नुपर्ने छ ।  अनलाइन फारम भर्दा सम्बन्धित व्यक्ति आफैले भर्नुपर्छ। आफ्नो इमेल र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने छ ।

आफैले भर्न सम्भव नभएमा त्यसको  लागि अन्य सहयोगी व्यक्ति, संस्था वा दूतावासका स्वयम् सेवक मार्फत पनि भर्न सकिने दूतावासले जनाएको छ । अनलाइन आवेदन गर्दा निम्न डकुमेन्ट तयारी अवस्थामा राख्नुपर्छ। र सो को स्क्यान कपि प्रविष्टि गर्नुपर्दछ।

१. अपलोड गर्नुपर्ने कागजातहरू 

राहदानीको प्रतिलिपि,
कुवेतको आवासीय भिसा को प्रतिलिपि,
यस अगाडि श्रम स्वीकृति लिदाको कम्पनी र हाल कार्यरत कम्पनी फरक-फरक भएमा हाल कार्यरत कम्पनीसँग गरिएको करार सम्झौता पत्र,
सवारी चालकहरूको हकमा कुवेतबाट जारी भएको सवारी चालक अनुमति पत्र ।

२. घरेलु कामदारहरूका सम्बन्धमाः
कुवेतमा रहेका घरेलु कामदारहरूले पुनः श्रम स्वीकृति लिनको लागि आवेदन पेश गर्दा बुँदा नं १ मा उल्लेख गरिएका कागजातहरूका अतिरिक्त देहाय बमोजिमको कागजात पेश गर्नु पर्नेछ ।
स्पोन्सरको सिभिल आई।डी तलब, भत्ता लगायतका अन्य सेवा सुविधा खुलेको करार सम्झौता पत्र।
स्वघोषणा पत्र ।
अनुसूची ८ को पत्र समावेश गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : २० बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ