अमेरिकी साम्राज्यवादी नीतिविरूद्ध एकजुट हुने  इरान र क्युबाबीच सहमति « Khabarhub

अमेरिकी साम्राज्यवादी नीतिविरूद्ध एकजुट हुने  इरान र क्युबाबीच सहमति


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

हवाना– अमेरिकी साम्राज्यवादी नीतिविरूद्ध एकजुट हुने इरान र क्युबाबीच सहमति भएको छ । इरानी राष्ट्रपति इब्राहिम रायसी र क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बिच अमेरिकाविरूद्ध एक जुट भएर सामना गर्न सहमति भएको हो । 

अमेरिकाले दुवै देशमाथि धेरै प्रकारका प्रतिबन्ध लगाइरहेको अवस्थामा क्युबाको राजधानी हवानामा भएको भेटवार्तामा दुवै देशका राष्ट्रपतिका बिचमा सो सहमति भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सो भेटमा दुवै नेताले अमेरिकाको आलोचना गरेका छन् । क्युबाका राष्ट्रपति क्यानेलले दुवै देशले वीरतापूर्वक, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवादको सामना गर्ने सहमति भएको जनाएका छन । 

वानामा आफ्ना समकक्षी इब्राहिम राईसीलाई होस्ट गर्दै राष्ट्रपति क्यानेलले भने कि ‘दुई देशहरूले वीरतापूर्ण, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवाद र उसका सहयोगीहरूको उदासीनताको सामना गर्नु परेको छ ।’

अमेरिकाले दुवै देशहरूमाथि धेरै प्रकारका प्रतिबन्ध मात्रै लगाएको छैन, उसले दुवै देशलाई आतंकवादलाई बढावा दिएको आरोप पनि लगाउँदै आएको छ ।

सो भेटमा दुई नेताबीच भन्सार, दूरसञ्चार र न्यायलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । इब्राहिम रायसीले एक व्यापारिक फोरममा भाग लिएका थिए, जहाँ उनले इरानले विज्ञान र प्रविधि, हाइड्रोइलेक्ट्रिकथर्मोइलेक्ट्रिक प्लान्टहरू र खानीमा कम्युनिष्ट देश क्युबासँग काम गर्ने बताए। 

इरानी राष्ट्रपतिले सो अघि निकारागुआ र भेनेजुएलाको पनि भ्रमण गरेका थिए ।

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : ४३ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले