राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दुर पुछ्नुपर्ने नियम हटाउन माग « Khabarhub

राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दुर पुछ्नुपर्ने नियम हटाउन माग


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो संस्कृति, रीतिरिवाजअनुसार लगाइएका शृंगार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गरिएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद अब्दुल खानले संस्कृति, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार पुछ्नुपर्ने र पोशाक लगाउन नपाउने नियमले आमनागरिक राष्ट्रिय परिचयपत्र बनाउने कार्यलाई बहिष्कार गरिरहेको जानकारी दिए । यसका साथै यस्ता प्रावधान हटाउनुपर्ने उनको माग छ । 

‘आफ्नो संस्कृतिअनुसार महिलाले लगाएको सिन्दुर पुछ्नुपर्ने, दोपट्टा टाउकोबाट हटाउनुपर्ने, कन्ठी फुकाल्नुपर्ने र टीका पुछ्नुपर्ने नियमले राष्ट्रिय परिचयपत्र बनाउन नागरिकले बहिष्कार गरेका छन्,’ उनले भने, ‘यस्तो बाध्यकारी नियम हटाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ११ : ४१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब