नगरपालिकाद्वारा चौरासी पूजा गर्न आर्थिक सहयोग « Khabarhub

नगरपालिकाद्वारा चौरासी पूजा गर्न आर्थिक सहयोग


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको शीतगंगा नगरपालिकाले ज्येष्ठ नागरिकलाई चौरासी पूजा गर्न आर्थिक सहयोग प्रदान गर्न सुरुवात गरेको छ । 

आर्थिक अवस्था दयनीय भएर चौरासी पूजा गर्न नसक्ने ज्येष्ठ नागरिकलाई रु २५ हजार नगदसहित नगरपालिकाले सम्मानको थालनी गरेको हो । आर्थिक सहयोग पाएकामा ज्येष्ठ नागरिक खुसी भएका छन् ।

चुनावको समयमा नगरप्रमुखले बोलेका बाचा पूरा गरेकामा शीतगङ्गा ३ का ज्येष्ठ नागरिक खिमानन्द पौडेल निकै खुसी भए। ग्रामीण क्षेत्रका धेरै ज्येष्ठ नागरिकले चौरासी पूजाका लागि नगरपालिकासंग आर्थिक सहयोग गर्न माग गरेका थिए ।  तीन सय १९ ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको नगरप्रमुख छविलाल पौडेलले बताए।

नगरका १४ वडाका वृद्धवृद्धालाई लक्षित गरी रु ८० लाख बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मानसहित नगद वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालको भनाइ छ ।

कम खर्चमा चौरासी पूजा गरेर बचेको रकमबाट मन लागेका खानेकुरा खान र औषधोपचार गर्नलाई केही भए पनि राहत पुगेको ज्येष्ठ नागरिकको भनाइ छ । शीतगङगा  भौगोलिक दृष्टिकोणमा  सबैभन्दा ठूलो नगरपालिका हो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १२ : ५४ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु