विद्यालय पुग्न दुई घण्टा‍, फर्कन तीन घण्टाको बाटो हिड्नुपर्ने बाध्यता | Khabarhub Khabarhub

विद्यालय पुग्न दुई घण्टा‍, फर्कन तीन घण्टाको बाटो हिड्नुपर्ने बाध्यता


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

बलेवा- बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभटीको हलहलेका अश्विन पुनः बिहान साढे ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छन् । दुदिलाभाटीमा रहेको चौराहा माविमा कक्षा २ मा अध्ययन गर्ने पुन बिहानै घरबाट ननिस्के समयमा विद्यालय पुग्दैनन् ।

कक्षा ६ मा पढ्ने दाजु रोशन पुनसँगै उनी विद्यालय पुग्छन् । विद्यालय जाँदा ओरालो बाटो साढे दुई घण्टामा विद्यालय पुग्ने पुनका दाजुभाइ घर फर्किंदा भने तीन घण्टा समय लाग्छ । रोशन र अस्विनका कान्छा भाइ भने चौराहा आधारभूत विद्यालय गाभिएपछि बनाइएको बालविकास केन्द्रमा अध्ययन गर्छन् । कक्षा १ पढ्न उनलाई पनि चौराहा मावि नै पुग्नुपर्ने बाध्यता छ ।

गाउँ नजिकै रहेको चौराहा आधारभूत विद्यालय चौराहा माविमा गाभिएपछि अश्विन साढे दुई घण्टाको यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका हुन् । उनका दाजु रोशन भने कक्षा ३ सम्म चौराहा आधारभूतमा अध्ययन गरेर कक्षा ४ देखि चौराहा माविमा भर्ना भएका हुन् ।

“भएको खेतीपाती सबै यतै छ, बसोबास यतै भएकाले हामी अन्त जान सकेनौँ,” उनीहरुका बुबा रोम पुनले भने, “पायकमा विद्यालय नहुँदा बाबुहरुलाई असुविधा भएको छ, नजिकमा भएको विद्यालयसमेत गाभियो, हामी समस्यामा परेका छौँ ।” विद्यालयबाट फर्किंदा छोराहरु थकित भएर फर्किने गरेको उनले सुनाए । स–साना बालबालिकालाई विद्यालय गाभिएपछि नजिकको विद्यालय पुग्न कठिन भएको उनको गुनासो छ ।

चौराहा आधारभूत विद्यालयमा कक्षा ३ सम्म पठनपाठन हुँदै आएको थियो । गलकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका विद्यालय नजिकको विद्यालयमा गाभ्ने मापदण्ड बनाएपछि चौराहा माविमा गाभिएको हो । नगरपालिकाले ‘विद्यालय मर्ज तथा तह मिलान मापदण्ड–२०७९’ तयार गरेर कार्यान्वयनमा ल्याएको छ ।

दुई जनाको दरबन्दी रहेको विद्यालयबाट एक जनाको दरबन्दी गत वर्ष नै अन्य विद्यालयमा समायोजन गरिएको थियो । विद्यालयका प्रधानाध्यापकसमेत रहेका संस्थापक शिक्षक मनबहादुर विकलाई चौराहा माविमा हाजिर हुनेगरी विद्यालय गाभिएको हो ।

“कक्षा १ देखि ३ सम्म चार र बालविकास उमेर समूहका पाँचजना विद्यार्थी थिए,” चौराहा आधारभूत विद्यालयका प्रधानाध्यापक विकले भने, “नगरको निर्देशन मान्नै प¥यो, विद्यालय समायोजन भएपछि हलहलेका बालबालिकालाई विद्यालय पुग्न कठिन भइरहेको छ ।” शिक्षासँग सम्बन्धित कानुनहरुले स–साना बालबालिकाका लागि बढीमा आधा घण्टाको दूरीमा विद्यालय हुनुपर्ने व्यवस्था गरेको छ ।

तर, भौगोलिक कठिनाइ, स्रोत साधानको अभावलगायतका कारणले बालबालिका घण्टौँ पैदल हिँड्न बाध्य छन् । विसं २०४७ मा स्थापना भएको विद्यालयले तत्कालीन समयमा ४५ जना विद्यार्थीलाई पठनपाठन गराएर सेवा दिँदै आएको थियो । बसाइँसराइका कारण गाउँ नै रित्तिएपछि विद्यार्थी सङ्ख्या नपुगेर विद्यालय गाभिने अवस्था आएको विकले बताए ।

“गाउँमा बस्ती नै छैन्, बच्चा जन्माउने दर निकै कम छ”, विकले भने, “वैदेशिक रोजगारीको सिकार भयो विद्यालय, युवा विदेश गए, परिवारले गाउँ छोडे, परिवारसँगै बालबालिका बजार झर्दा विद्यालय गाभिने अवस्थामा पुग्यो ।” विद्यालय गाभिँदा असहज हुने विद्यार्थीका लागि नगरपालिकाले सवारी साधन भाडा दिने नीति बनाएको छ । तर, विद्यार्थी र अभिभावक भने त्यस विषयमा कुनै जानकारी नै नरहेको बताउँछन् । “टाढाका विद्यार्थीलाई उपयुक्त व्यवस्था गर्नुपर्ने हो, तर हामीलाई त कसैले हेर्दैन,” अभिभावक रोम पुन भन्छन् । वर्षाको समयमा पुन दाजुभाइलाई विद्यालय पुग्नै कठिन हुने गरेको छ ।

बालमैत्री घोषणा भएको नगरपालिकामा पढ्नकै लागि दैनिक पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता हुन दुर्भाग्य भएको गलकोटकै एक शिक्षकले बताए । गलकोट नगरपालिकाले केही हप्ता अघिमात्रै तामझामका साथ बालमैत्री नगर घोषणा गरेको थियो । गलकोट नगरपालिकाले कुनै स्थान विशेषभन्दा पनि समग्र नगरको अवस्था हेरेर विद्यालय गाभ्ने निर्णय गर्दा केही विद्यार्थीलाई असहज भएको जनाएको छ ।

“विद्यार्थी नै नभएको ठाउँमा सरकारले खर्चमात्रै गर्ने कुरा भएन, समस्या भएका बालबालिकालाई यातायात खर्च दिने गरी पत्राचार गरेर विद्यालय गाभिएको हो”, नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले भने, “यातायात खर्च दिँदासमेत समस्या हुने बालबालिकाका लागि आवासीय सुविधा दिने विषयमा समेत छलफल भइरहेको छ ।”

विद्यालयभन्दा टाढा रहेका विद्यार्थीका लागि यातायात खर्च उपलब्ध गराउन पाँच सदस्यीय समिति बनेको छ । “सरकारी खर्च त्यसै गर्न मिलेन, विधि बन्दैछ, हामी खर्च उपलब्ध गराउँछौँ”, उनले भने । गलकोटले चालु शैक्षिक सत्र सुरुआत हुनुपूर्व चार विद्यालय गाभेको छ भने केही विद्यालयमा तह मिलान गरेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  २ : २० बजे

पकरी–भारदह सडक मर्मत नहुँदा जोखिमपूर्ण यात्रा

राजविराज – यहाँको पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावतमा समस्या भएको

इजरायली आक्रमणमा प्यालेस्टिनी क्यामेराम्यानको मृत्यु, पत्रकार घाइते

एजेन्सी– इजरायली आक्रमणमा गाजा पट्टीमा सञ्चालित एक टेलिभिजनका एक ‘क्यामेराम्यान’को

उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु

श्रीमतीलाई खुकुरी प्रहार गर्दा घाइते बनेका श्रीमान प्रहरी नियन्त्रणमा 

सुनसरी– आफ्नै पेटमा खुकुरी प्रहार गरेर आन्द्रा भुँडी निस्केको अवस्थामा

भारतबाट दशैँ मनाउन दुई लाख बढी नेपालगञ्ज नाका हुँदै घर फर्किए

राँझा – रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख