नेपाल बारलाई हस्तक्षेपमुक्त बनाउन कानून व्यवसायीको ज्ञापन पत्र | Khabarhub Khabarhub

नेपाल बारलाई हस्तक्षेपमुक्त बनाउन कानून व्यवसायीको ज्ञापन पत्र


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने माग गर्दै बिभिन्न कानून व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका छन् । आज बार परिसर रामशाहपथमा पुगेर उनीहरूले बार एसोसिएसन प्रवेशमा राजनीतिक दलको सिफारिस लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै बार नेतृत्वलाई ज्ञापन पत्र बुझाएका हुन् । 

उनीहरूले बारमा राजनीतिक हस्तक्षेप भएकै कारण स्वतन्त्र न्यायपालिका र सक्षम बारको अवधारणा नै संकटमा पुगेको ज्ञापन पत्रमा उल्लेख गरेका छन् । 

बारको सदस्यता प्रदान गर्दा राजनीतिक आस्थाका आधारमा विभेद नगरी दिनुपर्ने परिपाटी स्थापित गर्नुपर्ने र न्यायलयको पहरेदारीको रुपमा रहेका बारलाई राजनीतिक हस्तक्षेप मुक्त गर्नुपर्ने अधिवक्ता यज्ञमणि न्यौपाने बताइ । उनले राजनीतिक हस्तक्षेप हावी भएकै कारण सर्वोच्च लामो समय कायममुकायमका भरमा चल्न बाध्य भएको जिकिर गरे ।

कानून व्यवसायीहरूको ज्ञापन पत्र बुझ्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारले स्वतन्त्र न्यायपालिकाको पहरेदार गर्दै आफ्नो धर्मलाई सदैव पालना गरेको बताए । 

उनले बारमा निर्वाचित हुँदै गर्दा राजनीतिक आस्थाको टोपी गेटमा नै फुकाल्ने प्रतिवद्धताका साथ आएको भन्दै बारमा राजनीतिक हस्तक्षेप हावी हुन नदिने प्रतिबद्धता जनाए । 

अध्यक्ष घिमिरेले कानूनी प्रक्रिया पुरा गरेर बारमा सदस्यता दिन चाहनेलाई सहजीकरण गर्न बार तयार रहेको भन्दै राजनीतिक आस्थाका आधारमा सदस्यता दिन्छु वा दिन्न भन्ने अधिकार कसैलाई नरहेको स्पष्ट पारे ।

उनले देशका सबै बारमा सदस्यता प्रदान गर्ने मापदण्ड र प्रक्रियाका बारेमा आएका सुझाव सकारात्मक रहेको भन्दै छिटै बारको बैठक बोलाएर आवश्यक निर्णय गर्ने बताए । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ३ : २० बजे

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा

भोजपुर– धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका– ५ सुप्लामा रहेको

झापा इनर्जीको आईपीओमा निवेदन दिने आज अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज