नेपाल बारलाई हस्तक्षेपमुक्त बनाउन कानून व्यवसायीको ज्ञापन पत्र « Khabarhub

नेपाल बारलाई हस्तक्षेपमुक्त बनाउन कानून व्यवसायीको ज्ञापन पत्र


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने माग गर्दै बिभिन्न कानून व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका छन् । आज बार परिसर रामशाहपथमा पुगेर उनीहरूले बार एसोसिएसन प्रवेशमा राजनीतिक दलको सिफारिस लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै बार नेतृत्वलाई ज्ञापन पत्र बुझाएका हुन् । 

उनीहरूले बारमा राजनीतिक हस्तक्षेप भएकै कारण स्वतन्त्र न्यायपालिका र सक्षम बारको अवधारणा नै संकटमा पुगेको ज्ञापन पत्रमा उल्लेख गरेका छन् । 

बारको सदस्यता प्रदान गर्दा राजनीतिक आस्थाका आधारमा विभेद नगरी दिनुपर्ने परिपाटी स्थापित गर्नुपर्ने र न्यायलयको पहरेदारीको रुपमा रहेका बारलाई राजनीतिक हस्तक्षेप मुक्त गर्नुपर्ने अधिवक्ता यज्ञमणि न्यौपाने बताइ । उनले राजनीतिक हस्तक्षेप हावी भएकै कारण सर्वोच्च लामो समय कायममुकायमका भरमा चल्न बाध्य भएको जिकिर गरे ।

कानून व्यवसायीहरूको ज्ञापन पत्र बुझ्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारले स्वतन्त्र न्यायपालिकाको पहरेदार गर्दै आफ्नो धर्मलाई सदैव पालना गरेको बताए । 

उनले बारमा निर्वाचित हुँदै गर्दा राजनीतिक आस्थाको टोपी गेटमा नै फुकाल्ने प्रतिवद्धताका साथ आएको भन्दै बारमा राजनीतिक हस्तक्षेप हावी हुन नदिने प्रतिबद्धता जनाए । 

अध्यक्ष घिमिरेले कानूनी प्रक्रिया पुरा गरेर बारमा सदस्यता दिन चाहनेलाई सहजीकरण गर्न बार तयार रहेको भन्दै राजनीतिक आस्थाका आधारमा सदस्यता दिन्छु वा दिन्न भन्ने अधिकार कसैलाई नरहेको स्पष्ट पारे ।

उनले देशका सबै बारमा सदस्यता प्रदान गर्ने मापदण्ड र प्रक्रियाका बारेमा आएका सुझाव सकारात्मक रहेको भन्दै छिटै बारको बैठक बोलाएर आवश्यक निर्णय गर्ने बताए । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ३ : २० बजे

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पौने घण्टा भेटवार्ता

काठमाडौं– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत

एकै दिन ४१ विपदका घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकैदिन देशका