नगर प्रहरीले विमानस्थलको तारजाली काटेपछि बालेनसहित तीन जनालाई सोधियो स्पष्टीकरण « Khabarhub

नगर प्रहरीले विमानस्थलको तारजाली काटेपछि बालेनसहित तीन जनालाई सोधियो स्पष्टीकरण


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नगर प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तारजाली काटेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काडमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलगायत तीन जनालाई स्पष्टीकरण सोधेको छ ।

सिनामंगलस्थित विमानस्थल क्षेत्रमा पर्ने फेन्सिङ तारजाली काटेको विषयमा प्राधिकरणले मेयर बालेनसहित महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई स्पष्टीकरण सोधेको हो ।

उनीहरुलाई चित्तबुझ्दो लिखित स्पष्टीकरण दिन सात दिनको समय दिइएको छ । यस विषयमा चित्तबुझ्दो स्पष्टीकरण नआए उनीहरुलाई उडानमा प्रतिबन्ध लगाउन सकिने बताइएको छ । महानगरको नगर प्रहरी टोलीले बिहीबार विमानस्थलको तारजाली काटिदिएको थियो ।

कुनै पूर्वजानकारी र सूचना नदिई तारजाली काट्ने महानगरको कार्य कानूनविपरीत रहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ३ : २६ बजे

अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा शुक्रबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले