चालु आर्थिक वर्षका ११ महिनामा सरकारी आम्दानी र खर्च निकै न्यून « Khabarhub

चालु आर्थिक वर्षका ११ महिनामा सरकारी आम्दानी र खर्च निकै न्यून


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुवाती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो ।

महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिसम्ममा बजेट खर्च रु ११ खर्ब ७६ अर्ब छ करोड ५७ लाख बराबर छ । जुन चालु आर्थिक वर्षको सुरुआती विनियोजनको ६५ दशमलव ५६ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो ।

जेठ मसान्तसम्मको चालुगततर्फको खर्च सुरुआती विनियोजनको ७४ दशमलव १५ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि चालुगत शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बराबर बजेट विनियोजन भएकामा हालसम्म रु आठ खर्ब ७७ अर्ब ३९ करोड ४४ लाख खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाखको वार्षिक बजेट रहेकामा जेठ मसान्तसम्ममा ४० दशमलव २४ प्रतिशत अर्थात् रु एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाख बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकमा रु दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख वार्षिक बजेट विनियोजन भएकामा जेठ मसान्तसम्ममा सुरुआती विनियोजनको ६३ दशमलव २४ प्रतिशत अर्थात् रु एक खर्ब ४५ अर्ब ५८ करोड ७१ लाख बराबर खर्च भएको छ ।

जेठ मसान्तसम्मको राजस्व सङ्कलन पनि लक्ष्यभन्दा निकै न्यून छ । यो अवधिसम्मका सरकारको कुल राजस्व प्राप्ति वार्षिक लक्ष्यको ६० दशमलव ३६ प्रतिशत अर्थात् रु आठ खर्ब ८० अर्ब ३८ करोड ७९ लाख बराबर रहेको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख कर राजस्व, रु एक खर्ब सात अर्ब ७७ करोड १२ लाख गैरकर राजस्व र रु ५५ अर्ब ४५ लाख ८३ करोड वैदेशिक अनुदान लिने लक्ष्य राखिएको थियो ।

जेठ मसान्तसम्मको कर राजस्व सङ्कलन लक्ष्यको ५८ दशमलव ५९ प्रतिशत अर्थात् रु सात खर्ब ५९ अर्ब, गैरकर राजस्व सङ्कलन ७२ दशमलव २४ प्रतिशत अर्थात् रु ७७ अर्ब ८५ करोड ३७ लाख र वैदेशिक अनुदान आठ दशमलव ६६ प्रतिशत अर्थात् रु चार अर्ब ८० करोड २० लाख बराबर रहेको छ ।

यसरी सरकारको आयभन्दा व्यय धेरै हुँदा जेठ मसान्तसम्मको बजेट घाटा रु दुई खर्ब ९५ अर्ब ६७ करोड बराबर छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : २४ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२