गृह मन्त्रालयद्वारा प्रजिअको सरुवा र पदस्थापन | Khabarhub Khabarhub

गृह मन्त्रालयद्वारा प्रजिअको सरुवा र पदस्थापन


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको आज सरुवा गरेको छ । अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरिएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिव, गृहमै अतिरिक्त समूहमा रहेकाहरुलाई पदस्थापन तथा सरुवा गरिएको हो । त्यस्तै एउटा जिल्लामा अवधि पुगेकाहरूलाई सुगम र दुर्गम हेरेर सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको प्रजिअ बनाइएको छ । त्यस्तै गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको प्रजिअ बनाइएको छ ।

त्यस्तै कञ्चनपुरका प्रजिअ गोपालप्रसाद अर्याललाई डोटीको प्रजिअमा सरुवा गरिएको छ । उता मकवानपुरका प्रजिअ राजेन्द्र पाण्डेलाई सिरहाको प्रजिअमा सरुवा गरिएको छ । सिरहाका प्रजिअ भोजराज खतिवडालाई खोटाङ पठाइएको छ ।

त्यस्तै डोटीकी प्रजिअ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रजिअ बनाइएको छ । त्यस्तै खोटाङका प्रजिअ सूर्य सेढाईंलाई मकवानपुरको प्रजिअ बनाइएको छ । त्यस्तै रोल्पाका प्रजिअ परमानन्द घिमिरेलाई काभ्रेको प्रजिअ बनाइएको छ ।

कारागार कार्यालय मोरङमा गृह मन्त्रालयका कृष्णबहादुर खड्कालाई सरुवा गरिएको छ भने रामेछापका सहायक प्रजिअ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरिएको छ । त्यस्तै जाजरकोटका सहायक प्रजिअ गङ्गाबहादुर क्षेत्रीलाई कास्कीको सहायक प्रजिअ बनाइएको छ । त्यस्तै काभ्रेको सहायक प्रजिअ महेशकुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

त्यस्तै काठमाडौँका विभिन्न कार्यालय त्रिभुवन विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, अध्यागमन विभाग तथा कार्यलयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई काठमाडौँबाहिर सरुवा गरिएको छ । उनीहरुको अवधि पुगेको र सुगममा बसेकालाई काठमाडौँ बाहिर पठाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ३६ बजे

निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

काठमाडौं – चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स

‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता

ललितपुर – फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज

अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको

गम्बोरोले पाँच हजार बढी कुखुरा मरे

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच