गर्मी बढेपछि विद्यालयमा पठनपाठन बन्द « Khabarhub

गर्मी बढेपछि विद्यालयमा पठनपाठन बन्द


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो केही दिनयता गर्मी अत्यधिक बढेपछि कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ । गर्मीले घर बाहिर निस्किनै सकस भएपछि दैनिक जनजीवन नै प्रभावित बनेको हो ।

गर्मी बढेपछि स्थानीय तहले धमाधम विद्यालयमा पठनपाठन बन्द गर्न थालेका छन् । भीमदत्त, शुक्लाफाँटा र बेलौरी नगरपालिकाले गर्मी बिदा दिएका छन् । शुक्लाफाँटा नगरपालिकाले गर्मी बिदा थपेको छ । अत्यधिक गर्मी बढेकाले विद्यालयका पठनपाठन गर्न कठिनाइ भएपछि असार ३ देखि ६ गतेसम्म गर्मी बिदा थप्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत टेकेन्द्र भट्टले जानकारी दिए ।

“केही दिनयता गर्मी अत्यधिक बढ्यो, जसले यहाँको जनजीवन नै प्रभावित बनेको छ”, उनले भने, “त्यसैले नियमित पठनपाठन गर्न कठिनाइ तथा जोखिम भएकाले विद्यालय बन्द गरिएका हुन् ।”

नगरपालिकाभित्रका निजी तथा सरकारी विद्यालय बन्द गर्न पालिकाले पत्राचार गरेको छ । गर्मीले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने सम्भावित प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : २४ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक