अमेजन जंगलमा ४० दिनपछि भेटिएका बालबालिकाले के भने ?  « Khabarhub

अमेजन जंगलमा ४० दिनपछि भेटिएका बालबालिकाले के भने ? 


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

कोलम्बिया– अमेजनको जङ्गलमा ४० दिनपछि उद्धार बालबालिकाले विमान दुर्घटनाको चार दिनसम्म पनि आमा जीवित रहेको बताएका छन्। विमान दुर्घटना पछि घाइते भएकी आमाले प्राण त्याग्नु अघि आफूहरूलाई सुरिक्षत स्थानतर्फ जान र ठुली दिदीलाई भाइ बहिनीहरूलाई सहयोग गर्न निर्देशन दिएको उनीहरूले बताए ।

बीबीसीका अनुसार म्याग्डालेना मुकुटुईले आफ्ना छोराछोरीहरूलाई मद्दत खोज्न भनेकी थिइन् । बालबालिकाका बुबा म्यानुएल रानोकले भने, ‘जेठी छोरीले आमाले उनीहरूलाई दुर्घटनास्थलबाट बाहिर निस्कन र आफूलाई बचाउन भनेको भनी बताए ।’

अघिल्लो हप्ता १३, नौ, पाँच र एक वर्षका उनीहरु विमान दुर्घटना भएको ४० दिनमा फेला पारे पछि गत शुक्रबार उद्धार गरी हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

उनीहरूलाई देशको राजधानी बोगोटाको सैनिक अस्पतालमा लगिएको छ । अमेजनको अनकन्टार जंगलमा बिताएका ४० दिन बिताएका उनीहरूको उपचार पछि अहिले सामान्य अवस्थामा फर्किन थालेका छन् । 

‘एउटा कुरा १३ वर्षीया लेस्लीले मलाई भनिन, ‘उनकी आमा चार दिनसम्म जीवित थिइन्, उनले आफ्नो सन्तानको हेरचाह गर्नुका साथै आफूलाई अस्पताल लैजान आफ्ना छोराछोरीसँग भनेकी रहिछिन्,’ रानोकले अस्पताल बाहिर पत्रकारहरूलाई भने, ‘तर अनाकण्टर जंगलमा रहेका बालबच्चाहरूले आफ्नो आमालाई बाहिर निकाल्न सक्ने अवस्था नै थिएन, उनको त्यही प्राण गएछ।’

उनले आफ्नो प्राण त्याग्नु अघि आफ्ना सन्तानलाई भनेकी रहिछिन्, ‘तिमीहरू यहाँबाट निस्क, घरमा तिमीहरूलाई बुबाले कुरिरहनु भएको छ, तिमीहरूको अवस्था कस्तो छ भनेर बुबाले उत्सुक भएर कुरिरहनु भएको छ, मैले गरेको माया अब यहाँसम्म मात्रै हो भनेर प्राण त्यागिछिन,’ उनले भावुक हुँदै भने ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ११ : १६ बजे

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं–  रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत