एमाले सरकारमा नहुदाँ अर्थतन्त्र निरन्तर ओरालो : ओली | Khabarhub Khabarhub

एमाले सरकारमा नहुदाँ अर्थतन्त्र निरन्तर ओरालो : ओली


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको बताएका छन् ।

शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको नाममा राजनीति मात्रै भएको तर मुलुकका अर्थतन्त्र उकास्ने बारेमा कुनै कार्य नभएकोसमेत उनले बताएका छन् ।  

सो प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफनो पालामा झन्डै ८ प्रतिशत वृद्धिको स्तरमा पुगेको अर्थतन्त्र त्यसपछि निरन्तर ओरालो लाग्न सुरु भएकोसमेत ओलीले बताएका छन् । आफू सरकारबाट हटे पछि बितेका २ वर्षमा अर्थतन्त्र निरन्तर ओरालो लागेको समेत दावी गरेका छन् ।

‘एमालेले सरकार छाडेपछि अर्थतन्त्र सुधार र देश विकासभन्दा पनि जनताबाट कसरी एमाले र एमालेका नेतृत्वलाई अलग्याउन सकिन्छ भनेर षड्यन्त्र र विरोधमा लागेका छन्। एमाले विरुद्धमा लागेर प्रतिफल कहाँ आउँछ ?’ उनले भने, ‘अहिले अर्थतन्त्रको अवस्था दिन प्रतिदिन निरन्तर ओरालो लागेको छ। गठबन्धनले जनतालाई अलमल्याएका छन्, भ्रम पारेका छन्।’

प्रकाशित मिति : २ असार २०८०, शनिबार  २ : ३१ बजे

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको