सडक अलपत्र पारेको भन्दै खजुराका स्थानीय आन्दोलित « Khabarhub

सडक अलपत्र पारेको भन्दै खजुराका स्थानीय आन्दोलित


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– करिब दुई किलोमिटर सडक ५ वर्षमा पनि सम्पन्न नगरी अलपत्र पारेर राखेको भन्दै बाँके खजुराका स्थानीय आन्दोलित भएका छन् । 

नेपालगन्ज गुलरिया सडक अन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने १८ सय मिटर सडक निर्माणमा अनियमितता भएको र ठेकेदार र सडकका अधिकारीहरूको मिलेमतोमा सडकमा अधुरो गुणस्तरहित काम भएको भन्दै स्थानीयले नेपालगन्ज गुलरिया सडक अवरुद्ध गरेका हुन् । 

खजुरा क्षेत्र संरक्षण समितिको आह्वानमा खजुरा बजारका हरेक घरबाट एक सदस्य सडकमा निस्केर प्रदर्शन गरिएको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताए । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो ।

 उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्माणकार्यमा ढिलाइ गर्दा यात्रु स्थानीयले विगत ५ वर्ष देखि धुलो, हिलोबाट सास्ती खेपिरहेका छन् ।

ठेकेदार कम्पनीलाई सडक डिभिजनले काम गरेको भन्दा बढी रकम भुक्तानी दिएका कारण ठेकेदारको लापरवाही र अराजकता बढेको स्थानीयको आरोप छ । 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ५ : १९ बजे

इरान प्रस्तावमा अमेरिकी नेतृत्व सशंकित, युद्ध अन्त्य अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको तनावपूर्ण द्वन्द्व अन्त्य गर्ने

चार्ल्स तृतीय र ट्रम्पबीच भेट, अमेरिका–बेलायत सम्बन्धमा जोड

एजेन्सी– इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स

सांसदहरूलाई रास्वपाको निर्देशन : आफूलाई माननीय नभन्‍नू, कागजातमा पनि नलेख्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै सांसदहरूलाई कुनै

१५ दिनमा छ सय सोह्र विपद्का घटना : ३४ जनाको मृत्यु

काठमाडौं– विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २६ अर्ब