नेपालको भूमिलाई चीनविरुद्ध प्रयोग हुन दिदैनौँ : अध्यक्ष तिमिल्सिना « Khabarhub

नेपालको भूमिलाई चीनविरुद्ध प्रयोग हुन दिदैनौँ : अध्यक्ष तिमिल्सिना


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ल्हासा- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैं एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेको बताए । उनले नेपालले आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।

विश्व शक्तिको रूपमा उदाएको चीनले भौगोलिक र सामरिक हिसाबले सानो छिमेकी मुलुक नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्दै आएका उनको भनाइ थियो ।

‘नेपालपनि सँधै एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग छ र आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध छ,’ उनले भने, ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आदर्शहरूमा दुवै देशको अटल विश्वास छ ।’ एक हजार चार सय किलोमिटर लामो सिमाना जोडिएका चीन र नेपाल दुई छिमेकी देशहरू एक अर्काको स्वाभिमान, अस्तित्व र अखण्डताको सँधै सम्मान गर्दै आएको उनको भनाइ थियो ।

विश्व व्यवस्थालाई न्यायोचित, समावेशी, निष्पक्ष र नियममा आधारित बनाउन, आर्थिक विश्वव्यापीकरण र बहुपक्षीयतालाई प्रवर्द्धन गर्न र गरिबी निवारणमा चीनले हासिल गरेको उपलब्धी विश्वका लागि अनुपम उदाहरण बनेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले विकासोन्मुख र अतिकम विकसित मुलुकहरुको हित प्रवर्द्धनार्थ चीनले खेल्दै आएको नेतृत्वदायी भूमिकाको सरहना गरेका छन् ।

उनले नेपाल र तिब्बतबीच ऐतिहासिक समयदेखि चलिआएका व्यापार र लगानी नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धका आधारभूत खम्बा भएको समेत बताएका छन् । कोभिड महामारीका समयमा नेपाल र चीन बीचको व्यापार र लगानीका गतिविधिहरु प्रभावित भएको तथा अहिले तीनवटा नाकाहरु खुला भएकाले यसले व्यापार र लगानीमा प्रवर्द्धन गर्ने विश्वाससमेत व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले मुस्ताङ र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा पर्ने कोरला नाकालाई छिटो सञ्चालन गर्न आवश्यक रहेकासमेत बताए ।

नेपालको उत्तरमा तिब्बत र दक्षिणमा भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अन्तिम चरणमा पुगेको कारण नाका सञ्चालन गर्दा कालीगण्डकी करिडोर हुँदै मानसरोवर यात्रा समेत छोटो र सहज हुने भएकाले भन्सार नाका जति सक्दो छिटो सञ्चालनमा ल्याउन आवश्यक भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ५ : २९ बजे

दक्षिणी लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु, ३४ घाइते

एजेन्सी– दक्षिणी लेबनानका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको इजरायली हवाई

नेप्से परिसूचक २४ अङ्कले ओरालो

काठमाडौं– गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

कार्की आयोगलाई ओलीको बयान : तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा भएको घटनाको