चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्दछ : उपराष्ट्रपति « Khabarhub

चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्दछ : उपराष्ट्रपति


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने बताए । नवलपरासी पूर्वको कावासोतीमा वृक्षरोपण कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले अत्यन्तै संवेदनशील पर्यावरणीय एवं वातावरणीय अवस्था रहेको चुरे क्षेत्रलाई संरक्षण र उचित व्यवस्थापन गर्नुपर्ने बताएका हुन्।

उनले चुरेको विनाशले पानीको स्रोतमा कमी हुँदा तराई–मधेस सुक्खा र मरुभूमिकरणमा परिणत हुनसक्नेतर्फ सबै सचेत हुनुपर्ने बताए । उनले, “तराई–मधेसमा पानीको स्रोत मानिने चुरे, भावर र तराई मधेस परस्पर अन्योयाश्रित छ । यसको विनाशले पानीको स्रोतमा कमी हुँदा नेपालको अन्न भण्डारको रूपमा रहेको मधेस सुक्खा र मरभूमिकरणमा परिणत हुनसक्छ ।”

जलवायु परिवर्तन र प्राकृतिक स्रोतको विनाशले चुरे क्षेत्रको संरक्षणमा चुनौती थपिएको भन्दै उपराष्ट्रपति यादवले यसको संरक्षणमा लाग्नुपर्ने बताए । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको आयोजना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालय हात्तीखोरको समन्वयमा नवौँ चुरे संरक्षण दिवसका अवसरमा आज कावासोतीमा वृक्षरोपण गरिएको हो ।

कावासोती नगरपालिका–६ स्थित विष्णुनगर सामुदायिक वनको आठ हेक्टर क्षेत्रफलमा १० हजार बिरुवा रोप्ने योजना रहेको वन तथा पर्यावरण सुरक्षा निर्देशनालय हात्तीखोरका प्रमुख सेनानी दीपेन्द्र बोगटीले बताए । आज वृक्षरोपणको उद्घाटन गरिएको मौसमको अनुकूलता हेरी चाँडै यस क्षेत्रमा १० हजार बिरुवा लगाइने उनले बताए । विभिन्न प्रजातिका फलफूलसहितका बिरुवा रोपिने उनले बताए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ९ : ४१ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब