कञ्चनपुरमा ‘सिकलसेल’ रोगको जोखिम | Khabarhub Khabarhub

कञ्चनपुरमा ‘सिकलसेल’ रोगको जोखिम


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर पनि जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी प्रभावित बनेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । ‘यो रोग तराईमा बसोबास रहेको अधिकांश थारू समुदायमा देखिएको छ’, उनले भने, ‘यो रोग लागेका मान्छेबाट जन्मिएको २५ प्रतिशत बच्चामा पनि देखिन्छ ।’

उनले यसको कुनै उपचार नभएको बताउँदै सङ्क्रमितले नियमित चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने बताए । ‘कञ्चनपुरमा यसको प्रकोप बढेको छ, अहिले यसको परीक्षणका लागि प्रदेश सरकारले निःशुल्क परीक्षण गरिरहेको छ’, उनले भने, ‘यो गम्भीर रोग हो, यसका बिरामी स्वस्थजस्तै देखिन्छन्, चेक गराएपछि मात्रै पत्ता लाग्छ ।’

सिकलसेलका बिरामी बढ्न थालेपछि स्वास्थ्य कार्यालयले शनिबार बेलौरी नगरपालिकामा सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचानका लागि निःशुल्क रगत परीक्षण शिविर सञ्चालन गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले सिकेलसेलबाट डगौरा थारू र रानाथारू समुदाय बढी प्रभावित रहेकाले बेलौरीबाट निःशुल्क रगत परीक्षण शिविरको सुरुआत गरिएको बताए ।

‘यो शिविर यहाँ १० दिनसम्म सञ्चालन हुनेछ । यस अवधिमा रानाथारू र डगौरा थारू समुदायका १० वर्षदेखि २५ वर्ष उमेर समूहका व्यक्तिको रगत परीक्षण हुन्छ’, उनले भने, ‘सम्बन्धित वडाका लागि तोकिएको स्थानमा गई रगत परीक्षण गर्न आग्रह गर्दछु ।’

बेलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले बिरामी बढेपछि निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको बताए । ‘अहिले यहाँबाट तीन हजार बिरामीले औषधि सेवन गरिरहेका छन्’, उनले भने, ‘पालिकामा औषधि सेवनका लागि सिफारिस माग्न आउनेहरूको सङ्ख्या बढेको छ ।’

उनले यसका रोगीलाई पालिकाको सिफारिसमा महाकाली र सेती प्रादेशिक अस्पतालमा निःशुल्क औषधि पाउने बताए ।

स्वास्थ्य शिविरमा स्वास्थ्य कार्यालय कञ्चनपुर, महाकाली प्रादेशिक अस्पताल र बेलौरीका स्वास्थ्यकर्मीको टोलीले रगत परीक्षणका लागि नमूना लिने कार्य गरिरहेको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ६ : ५९ बजे

सभागृहमा सुरु भयो जबजका तीन दशक राष्ट्रिय गोष्ठी, पूर्वराष्ट्रपतिले राजनीतिक पुनरागमनको घोषणा गर्ने

काठमाडौं – जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४औं स्मृति

‘नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्पर्क समन्वय समितिद्वारा पार्टीका तत्कालीन

धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक स्तरोन्नतिसम्बन्धी आयोजना

करेण्ट लागेर गुल्मीमा एक युवकको मृत्यु

गुल्मी– गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

एजेन्सी– फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा