सङ्खुवासभामा सात घर बगे, हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन « Khabarhub

सङ्खुवासभामा सात घर बगे, हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले संखुवासभाले जनाएको छ । 

वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७  मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । सम्पर्क विहीनहरूको खोजी कार्य सुरु भएको जनाइएको छ ।

बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५  खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ । 

घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । 

बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएकाे छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : ५७ बजे

सम्भावित चोटको जोखिमबाट जोगाउँदै मेस्सीलाई मैदानमा उतारिने

अलाबामा- अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले २०२६ विश्वकपअघिको अन्तिम मैत्रीपूर्ण

प्रकृति र संस्कृतिको सङ्गम लमजुङको लामागाउँ

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति, संस्कृतिसँगै

सिंहदरबारमा ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्दैछ

रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचन पराजित

भैरहवा – रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा पूर्वराष्ट्रिय क्रिकेटर शक्ति

होल्डिङ सेन्टरमा औषधीको भरमा बाँचिरहेकी पुष्पा

काठमाडौँ – छेउमै प्लास्टिकमा पोको पारेर राखिएको औषधीको बिटो छ