नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो | Khabarhub Khabarhub

नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

जानकी– नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । भन्सार कार्यालय नेपालगञ्जको तथ्यांक अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ । 

पछिल्लो १० महिनाको तथ्यांक अनुसार नेपालगञ्ज नाका हुँदै भारतबाट रु १२ अर्ब ९६ करोड १० लाख बराबरको एक लाख आठ हजार तीन सय २८ किलोलिटर डिजल आयात भएको छ । डिजल आयातबाट कार्यालयलाई रु चार अर्ब ६२ करोड २९ लाख राजस्व प्राप्त भएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले जानकारी दिए। गत वर्ष सो अवधिमा रु १३ अर्ब ११ करोड तीन लाख बराबरको एक लाख ४१ हजार पाँच सय २८ किलोलिटर डिजल आयात भएको थियो । यसबाट कार्यालयले रु पाँच अर्ब ५४ करोड २७ लाख राजस्व असुल गरेको थियो । वैशाखसम्म रु तीन अर्ब ८६ करोड ९७ लाख ८४ हजार मूल्य बराबरको ३८ हजार आठ सय ७६ किलोलिटर पेट्रोल आयात भएको छ । यसबाट रु दुई अर्ब २२ करोड ५२ लाख राजस्व असुली भएको छ । 

गत वर्षको सोही अवधिमा रु चार अर्ब चार करोड २९ लाख बराबरको ४४ हजार नौ सय ७६ किलोलिटर पेट्रोल आयात भएको थियो । उक्त पेट्रोल आयात हुँदा रु दुई अर्ब ५१ करोड ७९ लाख राजस्व असुली भएको छ । त्यस्तै रु तीन अर्ब ९५ करोड ८२ लाख बराबरको तीन करोड ४८ लाख ९८ हजार किलो एलपी ग्यास आयात भएकामा गत वर्ष रु चार अर्ब २६ करोड ८२ लाख बराबरको तीन करोड ६९ लाख दुई हजार छ सय ७० किलो एलपी ग्यास आयात भएको शर्माले बताए ।  

अधिकृत शर्माका अनुसार बैशाखसम्म गत वर्षको भन्दा रु ६३ करोड २४ लाख बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास आयात घटेको छ भने गत आर्थिक वर्षको भन्दा करिब रु एक अर्ब २७ करोड तीन लाख कम राजस्व सङ्कलन भएको छ । एलपी ग्यास आयातबाट गत वर्ष रु ७९ करोड ६१ लाख राजस्व असुली हुँदा चालु आर्थिक वर्षमा रु ७३ करोड ८३ लाख २६ हजार मात्र राजस्व असुली भएको छ । 

कार्यालयले गत आर्थिक वर्षको भन्दा रु ७१ करोड ५५ लाख कम राजस्व संकलन भएको जनाएको छ । गत आर्थिक वर्षको बैशाखसम्म दुई अर्ब ८४ करोड ४५ लाख बराबरको पाँच करोड ५१ लाख ४३ हजार किलो चिनी आयात गरेको थियो । यसबाट कार्यालयलाई रु एक अर्ब ६१ करोड चार लाख राजस्व असुली भएको थियो । चालु आर्थिक वर्षको १० महिनामा रु एक अर्ब ५७ करोड ६६ लाख बराबरको दुई करोड ६२ लाख ९४ हजार ९८७ किलोग्राम चिनी आयात गरेको थियो । यसबाट कार्यालयलाई रु ८९ करोड ४९ लाख ५९ हजार राजस्व प्राप्त भएको छ ।

गत आर्थिक वर्षको बैशाखसम्म आठ अर्ब ३७ करोड ७१ लाखको १४ करोड ७५ लाख चार हजार ७६० किलोग्राम चामल आयात भएको थियो ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : ५३ बजे

प्राविधिक शिक्षा आजको आवश्यकता : सञ्चारमन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा

पाथीभराबारे महतो- लिम्बुवान दिएको भए केबलकार बन्ने थिएन

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सत्ताको सेयर लिम्बुलाई

पाथीभरा केबलकार विवाद : निर्माण रोके मात्रै आन्दोलित पक्षले सरकारसँग वार्ता गर्ने

काठमाडौं – ताप्लेजुङको पाथीभरा मन्दिरमा केबलकार निर्माणलाई लिएर देखिएको विवाद

छपेली माझखण्ड केबलकारले ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने

पाटन– प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित

आवासीय चिकित्सकले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने 

काठमाडौं– आन्दोलनरत आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन्