नोभा काखोभका बाँध भत्किँदा १६ जनाको मृत्यु  « Khabarhub

नोभा काखोभका बाँध भत्किँदा १६ जनाको मृत्यु 


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

नोभा काखोभका- नोभा काखोभका बाँध भत्किँदा बाढीमा परी १६ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् ।

युक्रेनको आन्तरिक मामिला मन्त्रालयले शनिबार जनाएअनुसार दक्षिणी युक्रेनको बाँध जुन ६ गते भत्किएको र गाउँहरू ध्वस्त भएका थिए । बाँध भत्किएर खेतबारीमा बाढी आउँदा हजारौँ मानिसलाई बिजुली र खानेपानीको आपूर्तिमा समस्या भएको थियो ।

कीभका अनुसार रुसले योजनाबद्धरुपले बाँधमा आक्रमण गरेको थियो । रुसले क्रिमियालाई पानीबाट वञ्चित गर्न र युद्धको मैदानबाट विचलित गराउन भौतिक संरचनामा आक्रमण गरेको दाबी गरेको छ ।

युक्रेनको आन्तरिक मन्त्रालयले दिएको जानकारीअनुसार बाढी प्रभावित क्षेत्रबाट ३,६१४ जना मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

यसैगरी खेरसन र माइकोलाइभ क्षेत्रका एक हजार तीन सय घर बाढीले डुबानमा परेका छन् ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेदेखि बाँध वरपरको क्षेत्र सबैभन्दा ठूलो विवादित क्षेत्रमध्ये एक बनेको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ५ : ४८ बजे

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको