राहत र उद्धारमा जुट्दै जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङ  « Khabarhub

राहत र उद्धारमा जुट्दै जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङ 


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढीपहिरो पीडितको थप उद्धार र राहतका लागि स्थानीय तह, प्रदेश र केन्द्रसँग समन्वय गरी आवश्यक सहयोग लिएर जुट्ने निर्णय गरेको छ । 

समितिले क्षतिको प्रारम्भिक विवरण संकलन गरी प्रदेश र केन्द्रलाई पठाउने र आवश्यकतानुसार सहयोग लिएर पीडितको उद्धार र राहतमा जुट्ने निर्णय गरेको हो ।

तत्कालका लागि स्थानीय तह र रेडक्रससँग समन्वय गरेर राहत र उद्धारको काम भइरहेको विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए । राहत र उद्धारका लागि तयारी रहन सम्बन्धित पक्षलाई अनुरोधसमेत गरिएको छ ।

समितिको बैठकमा बाढी पहिराले अवरुद्ध बनेका मेची राजमार्ग र तमोर करिडोर चाँडो सञ्चालनमा ल्याउने गरी आवश्यक पहल गर्ने निर्णय भएको छ । मेची राजमार्गअन्तर्गत विभिन्न ठाउँमा पहिरो झरेको छ भने हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवा खोलामाथिको मोटरेबल पुल बाढीले बगाएको छ । पुल बगेपछि मेची राजमार्ग हुँदै फिदिम, इलाम र तराईका जिल्लामा जाने आउने सवारी साधन ठप्प छन् । यता तमोर करिडोरको सडक अवरुद्ध छ । दोभान बजार नजिकै बाढीले कटान गरेको सडक चाँडो मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय भएको छ ।

गए रातिको पहिरोमा परी सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा तीन जना बेपत्ता छन् भने एक जनाको शव फेला परेको छ । बेपत्ता ३० वर्षीय गणेश तामाङको शव भेटिएको हो । अन्य यादव बुढाक्षेत्रीकी पत्नी ६३ वर्षीय भगीमाया, बुहारी ३० वर्षीय सन्ध्या र नौ वर्षीय नाति प्रज्ज्वल भने अझै बेपत्ता छन् । 

सिदिङ्वाकै आङ्खोपमा तीन घर बाढीले बगाएको छ । बेपत्ता भएकाको खोजी भइरहेको छ भने बाढी पहिरोबाट विस्थापित परिवारको उद्धार तथा व्यवस्थापन, जोखिम क्षेत्रका नागरिकको व्यवस्थापनका कार्य भइरहेको छ ।

 मैवा खोलामा आएको बाढीले कटान गरिरहेको दोभान क्षेत्रका नागरिक सुरक्षित स्थानतर्फ धमाधम सरिरहेको बताइएको छ । रातभर ठूलो वर्षा भएको ताप्लेजुङमा दिउँसो भने केही क्षेत्रमा सामान्य मात्र भइरहेको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ६ : ४८ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,