राहत र उद्धारमा जुट्दै जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङ  « Khabarhub

राहत र उद्धारमा जुट्दै जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङ 


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढीपहिरो पीडितको थप उद्धार र राहतका लागि स्थानीय तह, प्रदेश र केन्द्रसँग समन्वय गरी आवश्यक सहयोग लिएर जुट्ने निर्णय गरेको छ । 

समितिले क्षतिको प्रारम्भिक विवरण संकलन गरी प्रदेश र केन्द्रलाई पठाउने र आवश्यकतानुसार सहयोग लिएर पीडितको उद्धार र राहतमा जुट्ने निर्णय गरेको हो ।

तत्कालका लागि स्थानीय तह र रेडक्रससँग समन्वय गरेर राहत र उद्धारको काम भइरहेको विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए । राहत र उद्धारका लागि तयारी रहन सम्बन्धित पक्षलाई अनुरोधसमेत गरिएको छ ।

समितिको बैठकमा बाढी पहिराले अवरुद्ध बनेका मेची राजमार्ग र तमोर करिडोर चाँडो सञ्चालनमा ल्याउने गरी आवश्यक पहल गर्ने निर्णय भएको छ । मेची राजमार्गअन्तर्गत विभिन्न ठाउँमा पहिरो झरेको छ भने हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवा खोलामाथिको मोटरेबल पुल बाढीले बगाएको छ । पुल बगेपछि मेची राजमार्ग हुँदै फिदिम, इलाम र तराईका जिल्लामा जाने आउने सवारी साधन ठप्प छन् । यता तमोर करिडोरको सडक अवरुद्ध छ । दोभान बजार नजिकै बाढीले कटान गरेको सडक चाँडो मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय भएको छ ।

गए रातिको पहिरोमा परी सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा तीन जना बेपत्ता छन् भने एक जनाको शव फेला परेको छ । बेपत्ता ३० वर्षीय गणेश तामाङको शव भेटिएको हो । अन्य यादव बुढाक्षेत्रीकी पत्नी ६३ वर्षीय भगीमाया, बुहारी ३० वर्षीय सन्ध्या र नौ वर्षीय नाति प्रज्ज्वल भने अझै बेपत्ता छन् । 

सिदिङ्वाकै आङ्खोपमा तीन घर बाढीले बगाएको छ । बेपत्ता भएकाको खोजी भइरहेको छ भने बाढी पहिरोबाट विस्थापित परिवारको उद्धार तथा व्यवस्थापन, जोखिम क्षेत्रका नागरिकको व्यवस्थापनका कार्य भइरहेको छ ।

 मैवा खोलामा आएको बाढीले कटान गरिरहेको दोभान क्षेत्रका नागरिक सुरक्षित स्थानतर्फ धमाधम सरिरहेको बताइएको छ । रातभर ठूलो वर्षा भएको ताप्लेजुङमा दिउँसो भने केही क्षेत्रमा सामान्य मात्र भइरहेको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ६ : ४८ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका