देशका अधिकाशं स्थानमा वर्षा, बाढीपहिरोको जोखिम « Khabarhub

देशका अधिकाशं स्थानमा वर्षा, बाढीपहिरोको जोखिम


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा मनसुन प्रणाली देशभर फैलिने क्रममा रहेको छ । देशको पूर्वी तथा मध्य भू–भागमा मनसुन प्रणालीको प्रभाव रहनाका साथै बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

काठमाडौँमा साँझदेखि हल्का वर्षा भइरहेको छ । आज कोशी प्रदेश र गण्डकी प्रदेशका कतिपय स्थानमा भारी वर्षा भएको छ । बदलीसँगै वर्षाका कारण सो क्षेत्रको उडान प्रभावित भएको जनाइएको छ ।

महाशाखको पछिल्लो विवरणमा आज सबैभन्दा बढी ताप्लेजुङ ४७, ओखलढुङ्गा ४०, धरान २२, पोखरा ३२ र जिरी २६ मिलिमिटर वर्षा मापन गरिएको छ । नेपालमा यस वर्षको मनसुन प्रणाली गत जेठ ३१ गतेदेखि नेपालको पूर्वी भाग भएर भित्रिएको हो ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ९ : ५० बजे

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन

हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको