लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौँ (तस्बिर) « Khabarhub

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौँ (तस्बिर)


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज लक्ष्मी पूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ। लक्ष्मी पूजाको अवसरमा काठमाडौं उपत्यका झिलिमिली बनेको छ।

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले सजावट गरिएपछि उपत्यकाका विभिन्न क्षेत्र झिलिमिली देखिएका छन्।

लक्ष्मीको स्वागतका लागि घरआँगनमा दीपावली गर्नुका साथै रंगोली बनाउने, लक्ष्मीको पाइला अंकित गर्ने र घरलाई फूलमालाले सजाउने गरिएको छ ।

साँझ परेसँगै उपत्यकाका सडक, बजार र बस्तीहरूमा बालिएका बत्तीले तिहारको रौनक थपिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ७ : १९ बजे

तिहारले आपसी एकता बलियो बनाओस्: कांग्रेस सभापति थापा

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावली तथा तिहारको

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौँ (तस्बिर)

काठमाडाैँ – हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज लक्ष्मी

सेनेगलमा डुङ्गा डुब्दा २१ आप्रबासीको मृत्यु

डकार– अफ्रिकादेखि युरोपसम्मको खतरनाक एटलान्टिक महासागरको मार्गमा आप्रवासी बोकेको एउटा

राइफलको गोलीसहित एकजना पक्राउ

काठमाडौँ– थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित

मादलको माग उच्च

नवलपुर– युवा मौलिक बाजाहरूप्रति आकर्षित हुन थालेपछि तिहारका समयमा मादलको