हजयात्रीलाई गृहमन्त्री थापाले बिदाइ गरे | Khabarhub Khabarhub

हजयात्रीलाई गृहमन्त्री थापाले बिदाइ गरे


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गरेका हुन् ।

आज पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको बताए ।

मक्कामदिनामा गएर हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्नेसमेत गृहमन्त्रीले बताए । हज गर्न जानेले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार गर्ने दाबी गरे ।

हजयात्रीलाई बिदाइ गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईसमेत सहभागी थिए । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले सरकारको व्यवस्थापनमा विगत आठ वर्षदेखि हज गर्नका लागि मक्कामदिना पठाउने गरेको बताए। उनका अनुसार यस वर्ष करीब एक हजार २६० जना हज गर्नका लागि मक्कामदिना जानेछन् । मुस्लिम समुदायको पवित्र तिर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १० : २६ बजे

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

काठमाडौं– काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किएर आज भएको दुर्घटनामा

मुलुकी अपराध संहिताको मस्यौदामा छलफल आवश्यक  : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

ललितपुर – राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकी अपराधसंहिताको मस्यौदा माथि

नेपालको नर्सिङ क्षेत्र दयनीय छ, स्वास्थमन्त्रीको परिपत्र कार्यान्वयन गरियोस्

काठमाडौं – नर्सिङ पेशालाई नेपाली समाजमा सम्मानित पेशाका रुपमा लिने

निजी क्षेत्रका समस्या सम्बोधन गर्न प्रयासरत छौँ : अर्थमन्त्री 

काठमाडौं– उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै

यसरी मनाइयो उँभौली (तस्बिरहरू)

काठमाडौं– किराँत समुदायले आज सोमबार उँभौली पर्व मनाएका छन् ।