पहिरोले सिक्किमका सयभन्दा बढी घरमा क्षति | Khabarhub Khabarhub

पहिरोले सिक्किमका सयभन्दा बढी घरमा क्षति


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

गान्तोक– सिक्किममा भारी वर्षा र पहिरोका कारण मानिसहरू ठूलो समस्यामा परेका छन्। भारी वर्षाका कारण पश्चिम सिक्किममा पहिरो आउँदा सयभन्दा बढी घरमा क्षति पुगेको छ ।

साथै, अविरल वर्षाले राज्यका पूर्वाधार र सम्पत्तिमा व्यापक क्षति पुगेको छ । अविरल वर्षाका कारण धेरै नदीहरू खतराको विन्दु भन्दा माथि पुगेका छन् ।

उत्तरपूर्वी भारतमा आगामी तीन दिनसम्म भारी वर्षा र हावाहुरीका लागि ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ। उत्तरादेखि सोपखा जोड्ने सडकमा रहेका दुईवटा पुल पूर्णरुपमा बगेको समाचारमा जनाइएको छ । योसँगै नजिकैका पोल्ट्री फार्महरू पनि बगेका छन् ।

त्यसैगरी, डेन्टमदेखि पेलिङग्याल्सिङ जोड्ने सडक कालज खोलाले पूर्णरुपमा बगाएको छ । खोलाको पानीको बहाव बढेपछि एउटा कच्चा घर, एउटा सिमेन्टको भवन, दुईवटा श्मशानस्थल र एउटा भारी खन्ने मेसिन पनि बगेको छ ।

सोमबरियाको तल्लो ओखरेमा रहेको दावा सांगे शेर्पाको घर अविरल वर्षाका कारण भत्किएपछि त्यहाँ बस्ने सबैलाई सुरक्षित स्थानमा सारिएको छ ।

रामम नदीको पानीको बहाव बढेपछि पश्चिम बङ्गाल जोड्ने सीमा क्षेत्रमा रहेका सबै अस्थायी पुलमा क्षति पुगेको छ ।

लाचेन, लाचुङचुङ्थाङ उपत्यकामा शुक्रबार पनि भारी वर्षा भएको थियो ।  जसका कारण उत्तर सिक्किमको जिल्ला सदरमुकाम मंगनदेखि चुङथाङ जाने बाटो पेगोङ सप्लाइ खोलामा अवरुद्ध हुँदा यातायात बन्द भएको छ । 

उत्तर सिक्किममा पहिरो र सडक अवरुद्धका कारण करिब ३,५०० पर्यटक फसेका थिए, जसलाई सेनाले उद्धार गरेको थियो।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : १८ बजे

अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

चितवन– संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै

रास्वपाको उम्मेदवार हुन विवाहको वैधानिकता खुलाउनुपर्ने, कसैलाई गाली गरेको भेटिए अयोग्य ठहरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक

सञ्चारमन्त्री भन्छन्- दुःख र सङ्घर्षमा खुसी हुन सकियो भने जीवनभरका धेरै समय दुःख हुँदैन 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा

हङकङ इन्टरनेशनल सिक्सेस : नेपाल युएईसँग पराजित

काठमाडौं– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा

कांग्रेसमा विशेष महाधिवेशन गर्ने कि नगर्ने मूल प्रश्न हो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले