रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै  | Khabarhub Khabarhub

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै 


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । पार्टी स्थापना दिवसको कार्यक्रम तय गर्न तथा ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्तावेजबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार असार ७ गतेको स्थापना दिवस कसरी मनाउने भन्नेबारे बैठकमा छलफल हुनेछ ।

रास्वपाको नीति तथा विचार विभागले तयार पारेको सैद्धान्तिक मस्यौदामा पार्टीभित्र तीव्र मतभेद भए पछि त्यसलाई टुंगो लगाएर असार ७ गते औपचारिक रुपमा सार्वजनिक गर्ने योजनासहित बैठक बस्न लागेको हो । बैठकमा उक्त मस्यौदा माथि पनि छलफल हुनेछ ।

महामन्त्री मुकुल ढकालको संयोजकत्वमा कमल सुवेदी र रमेश प्रसाईँ सदस्य रहेको मस्यौदा समितिले ६२ पृष्ठ लामो दस्ताबेज तयार पारेको थियो, जुन दस्तावेजमा उल्लिखित शासकीय स्वरूप, संघीयतालगायतका विषयमा केन्द्रीय नेताहरूमा नै विवाद देखा परेको छ । सो विषयमा पनि प्रारम्भिक छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : ५१ बजे

नर्सहरूका माग सम्बोधन गर्न नर्सिङ संघको ४८ घण्टे अल्टिमेटम 

काठमाडौं– नेपाल नर्सिङ संघले पारिश्रमिकलगायतका नर्सहरूका मागहरू ४८ घण्टाभित्र पूरा

मनास्लु पदमार्गबाट घाइतेको उद्धार

काठमाडौं – मनास्लु पदमार्गमा घाइते भेटिएका पर्यटकको उद्धार गरिएको छ

असुरक्षित गर्भपतनले स्वास्थ्यमा समस्या 

बागलुङ– बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य संस्थाबाट नै गर्भपतन सेवा

कांग्रेस नेता खतिवडालाई पितृ शोक

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति

खैरापुरको आकर्षण कृष्णसार (फोटो फिचर)

काठमाडौं– दुर्लभ वन्यजन्तुमा सूचीकृत जनावर कृष्णसार अवलोकन गर्न आन्तरिक र