‘संसद्‌मा आएका सुझाव समेटेर बजेट परिमार्जन हुनुपर्छ’  « Khabarhub

‘संसद्‌मा आएका सुझाव समेटेर बजेट परिमार्जन हुनुपर्छ’ 


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद रामकृष्ण यादवले सदनमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका सुझावलाई समेटेर बजेट परिमार्जन गरिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले संसद्मा आएको सुझावलाई ग्रहण गरी सरकारले बजेटलाई परिमार्जन गर्नुपर्ने बताए ।

‘जेठ १५ गते बजेट पेस भयो, हामी बजेटमाथि छलफल गरिरहेका छौँ, सांसदले उठाएका विषय बजेटमा समेटिँदैनन् भन्ने कुरा आइरहेको छ’, उनले भने , ‘बजेट परिमार्जन गर्न नहुने तर वर्षभरि रकमान्तर एवं करका दर हेरफेर गर्ने विसङ्गत अभ्यासलाई अब परिवर्तन गर्नुपर्छ ।’

सरकारको नीति तथा कार्यक्रम एवं बजेट तर्जुमाको कार्यतालिका परिवर्तन गरेर जानुपर्नेमा उनले जोड दिए। ‘माघको अन्तिम साता सरकारको नीति तथा कार्यक्रम ल्याउने, फागुनको तेस्रो साता त्यसलाई परिमार्जनसहित पारित गर्ने, परिमार्जित नीति कार्यक्रमको जगमा उभिएर चैतको दोस्रो साता आगामी आवको बजेट ल्याएर पर्याप्त छलफल गरी जेठ मसान्तसम्म पारित गर्ने व्यवस्था मिलाउनुपर्छ’, सांसद यादवले भने । 

उनले बजेट विनियोजन गर्दा आवश्यकता र औचित्यका आधारमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । आगामी आवको बजेटमा आवश्यकता भएको ठाउँमा बजेट नै नराखिएको उनको दाबी छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  २ : ०९ बजे

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्