सिरहाबाट भन्सार छलेर लगेको सामान बरामद « Khabarhub

सिरहाबाट भन्सार छलेर लगेको सामान बरामद


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

सिरहा– पछिल्लो दिनहरूमा सिरहा तस्करीको उर्वर भूमिको रुपमा चिनिन् थालेको छ। जिल्लाको पूर्वी नाका ठाडी भन्सारका कर्मचारी र प्रहरी प्रशासनको मिलेमतोमा ठूलो परिमाणमा भन्सार छलिका सामानहरू नेपाल भित्रिएको पाइएको छ। ठाडी भन्सार कार्यालयबाट प्याजको भन्सार बुझाएर काठमाडौं लाँदै गरेको अवस्थामा मकवानपुरको रातमाटे चौकी चेकपोष्ट नजिकबाट एक करोड ५० लाखभन्दा बढी मूल्य बराबरको अवैध कपडा प्रहरीले बरामद गरेको छ। 

ठाडी भन्सार कार्यालयबाट भगवानपुर गाउँ पालिका-४ का लागि स्थानीय गोदावरी माता इन्टरनेशनल प्रालिले गत जेठ ३२ गते बीआर-०६जीई ५०५३ नम्वरको मिनी ट्रकमा १५ हजार आठ सय ६३ केजी प्याजको एक लाख ९३ हजार  सात सय ९२ रुपैयाँ भन्सार बुझाए पनि ट्रकभित्र थोरै मात्रामा प्याजलोडगरी एक करोडभन्दा बढीको अवैध कपडा लाँदै गरेको अवस्थामा मकवानपुर प्रहरीले पक्राउ गरेको हो । भगवानपुरको लागि ल्याएको भनिएको ट्रक प्रहरीले मकमानपुरबाट प्याजको बोराभित्र लुकाएर सुटको कपडा काठमाडौं लाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई भन्सार कार्यालय काठमाडौँलाई बुझाएको छ । 

भगवानपुरको लागि ल्याएको प्याज कसरी काठमाडौं गयो भन्ने विषयमा गोदावरी माता इन्टरनेशनलका सञ्चालक मनिसकुमार महतोले आफ्नो फर्म प्रयोग गरेर काठमाडौंका व्यवसायी भुपेन्द्र प्रधानले सामान लगेको बताए। सञ्चालक महतोले आफू लगानी गरेर ल्याउनेभन्दा पनि सामान चाहिएकाहरुसँग समन्वय गरेर आफ्नो फर्म प्रयोग गरी सामान ल्याउने गरेको बताए। त्यसैले पनि आफूले सामान बिक्री गरेको विल नकाटेको उनले सुनाए। उनले भने, ‘मेरो फर्म मात्रै प्रयोग भएको हो। प्रधानले कसरी के ल्यायो मलाई थाहा छैन। मलाई प्याज ल्याएको भन्नेमात्र जानकारी छ।’

भन्सार कार्यालयबाट नजिकै रहेको बजार भगवनपुर लाने भनेर भन्सार काटिएको भएपनि सो ट्रक अवैध कपडा सहित मकवानपुरबाट बरामद भएको छ। चालकसँग भएको कागजातको आधारमा शंका लागि चेकजाँच गर्दा बेराभित्र कपडा फेलापरेको मकवानपुर प्रहरीले जनाएको छ।

यता ठाडी भन्सार कार्यालयले प्याजसहितका फलफूल जन्य सामानहरू सबै पल्टाएर हेर्न नसक्ने भएकाले भित्र के रहेको भन्ने जानकारी नरहेको बताए। कार्यालयका वर्तमान निमित्त प्रमुख शिव कुशवाहले भने, ‘प्याज, फलफूल जस्ता सामाग्री सबै निकालेर हेर्न नसकिने भएकाले दुई-चारवटा  बोरा खोलेर  हेरियो, खासै त्यस्तो पाइएन।’

उनले भन्सार काटिएको ३० घण्टापछि हेटौँडाबाट सामान बरामद भएकाले बाटोमा हेरफेर भएको हुनसक्ने आशंका गरे। यस सम्बन्धमा सीमा सुरक्षाको जिम्मा लिएर भन्सार कार्यालयसँगै रहेका सशस्त्र प्रहरीका डीएसपी दिपेन्द्र थापाले भन्सार कर्मचारीले दिएको कागजको आधारमा आफूहरू मुख्य योजनाकारसम्म पुग्न नसकेको बताए। 

तर, ठाडीबाट लहान हुँदै धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारासहित पाँचवटा जिल्ला पार गरेर ट्रक मकवानपुर पुग्नुलाई आशंकाको दृष्टिले हेरिएको छ। स्थानीय एक व्यसायीले नै भने, ‘सेटिङगविना यत्रो सामान पाँचवटा जिल्ला पार गरेर जानै सक्दैन, पुरै सेटिङमै सामान गएको हो।’

त्यसैगरी, गत वैशाख २७ गते सिरहाको लहान नगरपालिका-१ बाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी ल्याइएको करिब ७३ लाख रुपैयाँ मूल्यबराबरको आयुर्वेदिक औषधिहरू बरामद गरेको थियो। 

प्रहरीका अनुसार लहान ६ घर भई लहान १ बस्ने रविन्द्रकुमार साहको घरमा भन्सार छलेर भारतबाट ल्याइएका आयुर्वेदिक औषधिहरू राखिएको गोप्य सूचनाको आधारमा बरामद गरेको थियो।

प्रहरी टोलीले साह बस्दै आएको घरको बरन्डामा राखिएको विभिन्न स्वादका म्यांगो हर्ब्स ७७ कार्टुन, बुस्ट क्याप्सुल, लाइसोटोन, एसिकाल्म, बेक्टो, रुन्दती, फेरक्स आइरन, लाइसोटोन क्याप्सुलसहित ७४०४ प्याकेट, ७२ बोतल एसिकाल्म तथा प्रोटिन चकलेट २७ बट्टा बरामद गरेका थिए।

यो दुवै घटनाले सिरहामा तस्करी फस्टाएको पुष्टि हुने स्थानीहरू बताउँछन्। प्रहरी र भन्सार कर्मचारीले देखाउनकै दिनभरी घरायसी सामान ल्याउने सर्वसाधारणको चेकजाँच गरे पनि सेटिङमा ठूला तस्करी हुने गरेको स्थानीयको आरोप छ। 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  २ : ४८ बजे

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न पत्रकारहरूको अध्ययन भ्रमण

गण्डकी– गण्डकी प्रदेशका ओझेलमा परेका तथा कम प्रचारप्रसार भएका पर्यटकीय

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा

राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’

काठमाडौँ– मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै