परिवर्तनका लागि प्रगतिशील शक्ति मोर्चाबद्ध भयौँ : उपेन्द्र यादव   « Khabarhub

परिवर्तनका लागि प्रगतिशील शक्ति मोर्चाबद्ध भयौँ : उपेन्द्र यादव  


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकको परिवर्तनका लागि प्रगतिशील शक्ति एकताबद्ध भएर समाजवादी मोर्चा गठन गरिएको बताएका छन् ।

समाजवादी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनका लागि आफूहरू एक ठाउँमा उभिनुपरेको दाबी गरे ।

राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा त्यसको अनुभूति हुन नसकेको बताउँदै उनले अब सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने बताए । शासन प्रणाली बदलिए पनि शासकको कार्यशैलीमा परिवर्तन भई जनताको जीवनमा त्यसको प्रभाव देख्न नपाइएको यादवको दाबी छ ।

समाजवादी मोर्चाको उद्देश्य गणतन्त्रलाई संस्थागत गर्ने, संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता, मौलिक हकजस्ता उपलब्धि सुनिश्चित गर्ने रहेको उनले बताए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ५ : ३८ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र